arrow

विस्तृत शान्ति सम्झौताको १८ वर्ष:

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदको हिउँदे अधिवेशनमा पारित गर्नै पर्छ : कानूनमन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ५ मंगलबार
dhanraj-gurung-2080-08.jpg

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को हिउँदे अधिवेशनमा पारित गर्ने बताएका छन् । 

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक अति आवश्यक भएकाले अब शुरु हुने संसद्को हिउँदे अधिवेशनमा त्यसलाई टुङ्गो लगाउनुपर्ने उनको भनाई थियो । 

मंगलबार काठमाडौँमा आयोजित ‘विस्तृत शान्ति सम्झौताको १८ वर्ष: अधुरो सङ्क्रमणकालीन न्याय प्रक्रियाको ठोस समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले १७-१८ वर्षदेखि थाँती रहेको सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित छिटो पारित हुनुपर्छ भन्नेमा सरकारलाई सबैले साथ दिनुपर्ने बताए ।

मन्त्री गुरुङले सरकारले सङ्घीय निजामती सेवा ऐन, सङ्घीय प्रहरी ऐन ल्याउने काममा पनि ढिलाइ नगर्ने आश्वासन दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ