arrow

स्थानीय तहको निर्वाचन समयमै हुन्छः मन्त्री लेखक

logo
प्रकाशित २०७३ कार्तिक २० शनिबार
ramesh-lekhak.jpeg
भीमदत्तनगर। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले समयमै स्थानीय तहको निर्वाचन हुने बताएका छन्।
 
आज कञ्चनपुरको भीमदत्तनगरमा काँग्रेस कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उनले स्थानीय तहको निर्वाचन हुने र त्यसका लागि तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए। “निर्वाचन हुन्छ कि हुदैन भनेर दुविधामा नपर्नुस्,” उनले भने।
 
काँग्रेसकै नेतृत्वमा संविधान जारी भएकाले संविधान कार्यान्वयनको जिम्मेवारी पनि काँग्रेसकै काँधमा रहेको उनको भनाइ थियो। “संविधानप्रति असन्तुष्ट पक्षलाई सहमतिमा ल्याई कार्यान्वयन गर्ने दायित्व काँग्रेसकै हो,” मन्त्री लेखकले भने।
 
उनले स्थानीय तहको निर्वाचन गराएर काँग्रेसले संविधान कार्यान्वयनलाई गति दिन चाहेको बताए। आगामी तीन/चार महिनाभित्रै महाकाली नदीमा पक्की पुल निर्माणका लागि बोलपत्र आह्वान गरिने जानकारी दिँदै उनले दैजी–बेलौरी र बेलौरी–डोकेबजार सडकखण्ड निर्माणका लागि एक महिनाभित्र सरकारले बजेट विनियोजन गर्ने बताए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ