arrow

विजयकुमार शाह लगातार सबैभन्दा बढी कर तिर्ने व्यक्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ८ शुक्रबार
bijayakumar-shah-2080.jpg

काठमाडौँ । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक अध्यक्ष विजयकुमार शाह फेरि पनि सबैभन्दा बढी कर तिने व्यक्ति बनेका छन् । व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिरेबापत आन्तरिक राजश्व विभागले उनलाई सम्मान गरेको छ । उनलाई विभागको कर दिवसको साप्ताहिक कार्यक्रमको अन्तिम दिन बिहीबार मंसिर ७ गते सम्मान गरिएको हो ।

उनी पछिल्लो समय निरन्तर लगातार सबैभन्दा बढी कर तिर्ने व्यक्ति बनेका हुन् । यसअघि उनले आर्थिक वर्ष २०७५–०७६ मा सबैभन्दा बढी कर तिरेपछि ६ वर्षदेखि लगातार सर्वाधिक आयकर तिरेर सम्मानित हुँदै आएका सिद्धार्थ राणालाई उछिनेका थिए । त्यसपछि शाहले एक पटक बाहेक आफ्नो पकड जमाएका छन् ।  

आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८० को अवसरमा विभिन्न संस्था, कम्पनी तथा व्यक्तिलाई सबैभन्दा बढी कर तिरेको भन्दै सम्मान गरेको हो । सोही क्रममा शाह पनि सम्मानित भए । 

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज अन्तर्गत जावलाखेल डिष्टिलरी, हिमालयन डिष्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिष्टिलरी लगायतका कम्पनी पर्दछन् ।

शाहका यी कम्पनीबाट रुस्लान भोड्का, गोल्डेन ओक र वार्सटाइनर बियर लगायत उत्पादन भइरहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ