arrow

आगलागीमा परी एकै परिवारका चार जनाको मृत्यु

logo
सौरभ गिरी,
प्रकाशित २०८० मंसिर ९ शनिबार
fire-final_1618024271.jpeg
तस्बिर – फाइल ।

नेपालगञ्ज । बर्दियाको गुलरियामा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

जिल्लाको गुलरिया नगरपालिका ४ तुलापुरको एक घरमा गएराति करिब १० बजेतिर आगलागी हुँदा चार जनाको मृत्यु भएको हो बर्दिया प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढा रहेका छन् ।

आगलागीबाट घाइते भएकी २८ वर्षकी करिष्मा चन्दलाई भने उपचारका लागि अस्पताल लगिएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ