arrow

टी–२० क्रिकेटमा अष्ट्रेलियाविरुद्ध भारतको लगातार चौथो जित

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ११ सोमबार
t20-india-aus-2023-11-26.jpg

काठमाडौँ । टी–२० क्रिकेटमा भारतले अष्ट्रेलियाविरुद्ध लगातार चौथो जित हासिल गरेको छ । 

हालै मात्र एक दिवसीय विश्वकपमा घरेलु मैदानमै अष्ट्रेलियासँग हारेको भारतले त्यस लगत्तै भएको टी–२० श्रृंखलामा लगाचार दुई जितसहित चौथो अपराजित यात्रा कायम गरेको हो ।

दुवैतर्फका नियमित कप्तानहरु नरहेको यो श्रृंखलाको पहिलो खेल २ विकेटले जितेको भारतले दोस्रो खेल ४४ रनले जितेको हो । 

तिरुबनन्तपुरममा भएको खेलमा पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा २३५ रन बनायो । अष्ट्रेलियाविरुद्ध अहिलेसम्मकै सर्वाधिक स्कोर खडा गरेको भारतका लागि ऋतुराज गायकवाडले ४३ बलमा ५८, यशस्वी जयशवालले २५ बलमा ५३, इशान किशनले ३२ बलमा ५२ तथा रिन्कु सिंहले ९ बलमा ३१ रन बनाए । 

अष्ट्रेलियाका नाथन एलिसले ३ विकेट लिए । जवाफमा अष्ट्रेलियाले ९ विकेटको क्षतिमा १९१ रन बनाउन सक्यो । मार्कस स्टोइनिसले २५ बलमा४५, कप्तान म्याथ्यु वाडले २३ बलमा अविजित रहँदै ४२ तथा टिम डाभिडले २२ बलमा ३७ रन बनाए । 

भारतका लागि प्रसिद्ध कृष्णले र रवि विस्नोईले ३–३ विकेट लिए । 

योसँगै भारतले पाँच खेलको श्रृंखलामा २–० को अग्रता लिएको छ । तेस्रो खेल मंगलबार गुवाहाटीमा हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ