arrow

गणतन्त्रको विरोध गर्नुको अर्थ छैन : देउवा

राजतन्त्र फर्कनेमा मलाई कमै विश्वास छ : शशांक

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ११ सोमबार
Sher Bahadur Deuba baglung.jpg

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रको विरोध गर्नुको अर्थ नभएको बताएका छन् । 

आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले भने, “गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन ।”

उनले गणतन्त्रको बिरोध गर्नेहरुको अर्थ नरहेको बताए । गणतन्त्र बिरोधी गतिविधिबाट राजनीतिक दलहरु अत्तालिएका हुन् ? यो प्रश्नमा उनले भने, “को अत्तालियो ? हामी अत्तालिएका छैनौँ ।” 

वर्तमान सत्तारुढ गठबन्धन दलको सत्तासाझेदारीका विषयमा पनि सभापति देउवालाई पत्रकारहरुले प्रश्न गरेका थिए । सरकारका नेतृत्वका विषयमा भएको आलोपालोको सहमतिबारे उनले स्पष्ट जवाफ दिए । गठबन्धन दलको सत्ता साझेदारी कसरी हुन्छ ? यस प्रश्नमा उनको जवाफ थियो, “थाहा पाइहाल्नु हुन्छ नी ।” 

सो अवसरमा कांग्रेस नेता डा शशांक कोइरालाले राजतन्त्र फर्कने विषयमा आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिए । 

उनले भने, “राजतन्त्र फर्कनेमा मलाई कमै विश्वास छ । यहाँ हरेक कुराको सम्भावना छ । संसदले चाह्यो भने जे पनि हुनसक्छ ।” सरकारका कामप्रति नागरिक पूर्णरुपमा सन्तुष्ट हुन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठेको उनको भनाइ थियो ।

गणतन्त्र बचाउन सबै दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै उनले भने, “मलाई पनि सरकारको काम त्यति सन्तोषजनक लागेको छैन । मुलुकको उन्नति र प्रगतितर्फ सरकारले ध्यान दिएन ।” 

सङ्घीयता आवश्यक भए पनि यसको वर्तमान संरचनाप्रति भने प्रश्न उठेको उनले बताए । उनले भने, “जनताका मनमा आएका व्यवस्था परिवर्तनसम्बन्धी आशङ्का हटाउन सबै दल एक ठाउँमा आउनुपर्छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ