लुम्बिनी । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले बर्दियाबाट रङ्गेहात घुससहित एक जना प्रहरी नायब निरीक्षक (सई) लाई पक्राउ गरेको छ।
अख्तियारको टोलीले आज दिउँसो बर्दियास्थित इलाका प्रहरी कार्यालय मैनापोखरका सई पवन साउदलाई सेटिङको ४० हजार रुपैयाँ घुस रुपैयाँसहित पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका इलाका प्रहरी मैनापोखरका मुद्दा शाखाका सई साउदले लागूऔषध कारोबारीसँग सेटिङ मिलाइदिने भन्दै लिएको ४० हजार रुपैयाँसहित नेपालगन्जबाट गएको अख्तियारको टोलीले पक्राउ गरेको हो ।
अख्तियारले सईसँग थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।