arrow

कांग्रेसको प्रदेश सम्मेलनमा बन्द सत्र शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १७ आइतबार
congress-2080-08-17q.jpg

बुटवल । बुटवलमा हिजोदेखि शुरु भएको नेपाली कांग्रेसको प्रथम प्रदेश सम्मेलनमा आजदेखि बन्द सत्र चलेको छ । 

बिहान १० बजेदेखि बन्द सत्र शुरु भएको हो । बन्द सत्रमा गत वर्षको समीक्षा र आगामी वर्षको योजना बारेमा छलफल हुँदैछ । 

यसअघि हिजो भएको उद्घाटन सत्रमा केन्द्रीय सभापति शेरबहादुर देउवा, महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोर सिंह राठोर, केन्द्रीय सदस्यहरु, प्रदेश सभापतिहरु लगायतले सम्बोधन गरेका थिए । 

सम्बोधनका क्रममा कांग्रेस एकढिक्का भएर लय समात्नुपर्नेमा जोड दिइएको थियो । भ्रष्टाचार, बेथिति र जनअपेक्षाअनुसार काम गर्न नसकेकाबारेमा समेत चर्चा भएको थियो ।  

बन्दसत्रका प्रमुख अतिथि महामन्त्री गगन थापा हुन् । 

महामन्त्री थापाले आगामी दिनमा पार्टीले गर्नुपर्ने कामका बारेमा निर्देशन दिनेसमेत कार्यक्रम रहेको छ । 

वक्ताहरु अधिकांशले अब नेतृत्वले युवालाई स्थान दिनुपर्ने चर्को आवाज उठाएपछि देउवाले थोरै समयमात्र बोलेर बीचमै उद्घाटन सत्र छाडेर काठमाडौँ फर्केका हुन् । 

नागरिकले युवा पुस्तालाई खोजेको भन्दै वक्ताहरुले अब शीर्ष तहका सबै नेताहरुले नेतृत्व छाड्नु पर्ने महामन्त्रीद्धय, नेता डा. शेखर कोइराला, डा. चन्द्रकान्त भण्डारी लगायतका नेताहरुको भनाइ रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ