arrow

तीन मिनेट भाषण गरेर फर्के बुटवलबाट देउवा

logo
नारायण वली, 
प्रकाशित २०८० मंसिर १६ शनिबार
sherbahadur-deuba-2080-08-16.jpg

बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकतामा जोड दिएका छन् । बुटवलमा शुरु भएको  नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रथम प्रदेश सम्मेलन–२०८० को उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले राष्ट्रिय एकताका साथ अगाडि बढाउन सकेमा कांग्रेस बलियो बन्ने बताएका हुन् । 

उनले आफू कम बोल्ने तर काम धेरै गर्ने मान्छे हो भएको बताउँदै छोटो (मुस्किलले तीन मिनेट) बोलेर देउवाले सोही अनुसार अगाडि बढेको भन्दै प्रथम सम्मेलनको पूर्ण सफलताको शुभकामना व्यक्त गरे ।

उनी त्यस लगत्तै वक्ताहरुको कार्यक्रम बाँकी रहँदै काठमाडौँ फर्कनका लागि भैरहवा एयरपोर्ट लागेका थिए । 

देउवा विशेषगरी कमै समय भाषण गर्छन् । यसपालि पनि उनले कम समय बोलेर फर्केका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ