काठमाडौँ । शेयर बजार बिहीबार दोहोरो अंकले वृद्धि भएको छ । बिहीबार ११.७३ अंकले वृद्धि भएको शेयर बजार १८५२.७७ विन्दुमा आएर बन्द भएको छ ।
यसदिन २९९ कम्पनीको ५३ हजार १४६ पटक भएको कारोबारमा ९५ लाख ५ हजार ६०८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार ४३३ रुपैयाँको कारोबार भएको छ ।
यसदिन १७५ कम्पनीको शेयर मूल्य उकालो लाग्दा ५७ कम्पनीको ओरालो लागेको छ भने ८ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।