arrow

विमानस्थलमा सुन ओसारपसार 

दुबईबाट ल्याइएको साढे छ किलो सुनसहित तीन विदेशी नागरिक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २४ आइतबार
gold-gold.jpg

काठमाडौँ । काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट साढे छ किलो सुनसहित तीन विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

भन्सार कार्यालय र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको टोलीले शनिबार राति दुबईबाट ल्याइएको छ किलो पाँच सय ९० ग्राम सुनसहित इजिप्टका नागरिक मोहमद मोगामद लसिमलाई पक्राउ गरेको हो ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले दुबईबाट फ्लाई दुबईको उडान नम्बर एफजेड ५९७ बाट आएका सालेहलाई शनिबार राति पक्राउ गरिए जानकारी दिए । 

कार्यालयले उक्त सुन कारोबारीका सम्बन्धमा अन्य दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको विस्तृत विवरण खुलाइएको छैन । 

कार्यालयले पक्राउ लसिमले पाउडर बनाएर ल्याएको साढे छ किलो सुन बरामद गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ