arrow

साताको पहिलो दिन मच्चिएको शेयर बजार दोस्रो दिन थच्चियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २५ सोमबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । शेयर बजार पुनः ओरालो लागेको छ । चालु साताको पहिलो कारोबार दिन आइतबार १११.२० अंकले बढेर अप्रत्याशित तरिकाले मच्चिएको शेयर बजार सोमबार पुनः थच्चिएको छ । 

सोमबार १५.४० अंकले ओरालो लागेको शेयर बजार १९४८.५७ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०३ कम्पनीका १ लाख ९ हजार ९१८ पटक भएको कारोबारमा १ करोड ४६ लाख ९८ हजार ५१७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८६ रुपैयाँको कारोबार भएको छ । 

यसदिन ८१ कम्पनीको सेयर मूल्य उकालो लाग्दा १५७ कम्पनीको ओरालो लागेको छ भने ३ वटाको शेयर मूल्य स्थिर रहेको छ । 

आइतबार तीनपटक सकारात्मक सर्किट लागेको शेयर बजार फेरि ओरालो लागेको हो । तर कारोबार रकममा भने वृद्धि भएको छ । 

लामो समयपछि आइतबार शेयर बजारमा उछाल आएको थियो । आइतबार नेप्से परिसूचक १११.२० अंक बढेर १९६३.९८ विन्दुमा पुगेको थियो । 

यसदिन २४४ कम्पनीका ७ हजार १४ पटक भएको कारोबारमा १३ लाख ६७ हजार कित्ता सेयर किनबेच हुँदा ४८ करोड २४ लाख ८२ हजार रुपैयाँको कारोबार भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ