arrow

दुवै सदनका सांसदहरू फुटसल भिडन्त

प्रतिनिधि सभाले राष्ट्रिय सभालाई चार गोलले हरायो [भिडियो] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २६ मंगलबार
team-parliament-football.jpg

काठमाडौँ । प्रतिनिधि सभाले राष्ट्रिय सभालाई ४-० गोलले पराजित गरेको छ । 

संसद सेवा दिवसको अवसरमा भएको फुटबल खेलमा प्रतिनिधि सभाले राष्ट्रिय सभालाई ४-० गोलले पराजित गरेको हो । 

मंगलवार काठमाडौँमा प्रतिनिधि सभा सभामुख र राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा मैत्रीपूर्ण फुटसल भएको हो । 

प्रतिनिधि सभाको टिमको नेतृत्व सभामुख देवराज घिमिरेले गरेका थिए भने राष्ट्रिय सभा टिमको नेतृत्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेका थिए । 

सभामुख घिमिरेले युवापुस्तालाई उत्साहित तुल्याउन फुटसलको आयोजना गरिएको बताए ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सनाले देशको विकासको लागि खेल अनुशासन र लगनशीलताका साथै व्यक्तिको प्रतिभा अघि बढाउने र राष्ट्रको पहिचान फैल्याउने कुरा भएको बताए।

उपसभामुख इन्दिरा रानाले यस्ता कार्यक्रम संसद सदस्यहरूका लागि महिनामा एक पटक राख्नुपर्ने बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ