arrow

२९ औँ महानगर दिवस

उपत्यकाको फोहर व्यवस्थापनका लागि बालेनले गरे प्रचण्डसँग आग्रह [भिडियो]

साढे तीन वर्षभित्र काठमाडौँको फोहरको दिगो व्यवस्थापन

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २९ शुक्रबार
balen-new-ktm.jpg

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र साह बालेनले काठमाडौँ उपत्यकाको फोहर दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । 

२९ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले काठमाडौं उपत्यकाको फोहरको दिगो व्यवस्थापनका लागि महानगरपालिका,प्रदेश सरकार र संघीय सरकारको भूमिका उत्तिकै रहेकाले सबैले सहयोग गरिदिन आग्रह गरे । उनले अबको साढे तीन वर्षभित्र फोहरको समस्या समाधान हुनेमा आफू आशावादी रहेको बताए । मेयर साहले तीनकुनेको मुआब्जाको समस्यालाई समाधान गर्न सहयोग गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरे ।

उनले भने, ‘हामीले गर्ने कामहरु केही अझै बाँकी छन् । काठमाडौँ महानगरपालिकाले वाचा गरेका कामहरु धेरै बाँकी छन् । तिमध्ये तीन ओटा विशेष कामहरु जुन, तीनकुनेको मुआब्जाको समस्या, खोला अतिक्रमणको समस्या छ, फोहर व्यवस्थापनको दीर्घकालीन ५०, सय र हजार वर्षको लागि व्यवस्थापन गर्नुपर्ने समस्या छन् । महानगरपालिका, प्रदेश सरकार र संघ सरकारले मिलेर यी तीनकुराको व्यवस्थापन गर्न सकोस् । साढे तीन वर्ष भित्र यो सम्पन्न हुनेछ भन्ने आशा छ ।’

मेयर साहले काठमाडौँ उपत्यकामा खोला अतिक्रमणको समस्या समाधानका लागि पनि संघ सरकारसँग आग्रह गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ