नेप्सेमा बहारः पौने २८ अंकको वृद्धि, पाँच अर्ब भन्दा बढीको कारोबार
हाम्रा कुरा
प्रकाशित २०८० पुष १ आइतबार
1.3k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेप्से परिसूचकमा साताको पहिलो दिन सुखद शुरुआत भएको छ । पहिलो कारोबारको दिन आइतबार पौने २८ अंकले शेयर बजार बढेको छ ।
आइतबार २७.७५ अंकले बढेको शेयर बजार २०२२.३५ विन्दुमा आएर बन्द भएको छ । यस दिन २९५ कम्पनीका १ लाख १ हजार १२८ पटक भएको कारोबारमा १ करोड ७१ लाख ६६ हजार ४६५ कित्ता शेयर किनबेच हुँदा पाँच अर्ब १५ करोड ७८ लाख ४६ हजार ९७९ रुपैयाँको कारोबार भएको छ ।
यसदिन १८५ कम्पनीको शेयर मूल्य बढ्दा ५२ कम्पनीको घटेको छ भने ४ कम्पनीको स्थिर छ ।