arrow

त्रिविको दीक्षान्त समारोह रंगशालामा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २ सोमबार
tu-convocation-2023 (19).jpg

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह आज भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भएका छन् ।

उनीसँगै त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी भएका छन् । 

त्रिवि परीक्षा नियन्त्रणा कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार यस वर्ष १२ हजार चार सय १५ विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका छन् । 

त्रिवि ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए ।  

विसं २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन पाउने उनले बताए । गत वर्ष १० हजार तीन सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए । 

स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधीतर्फ एक सय १२ विद्यार्थी आज दीक्षित भएका छन् । 

दीक्षान्त समारोहमा विभिन्न पदक र पुरस्कारसमेत वितरण गरिएको छ । 

tu-convocation-2023 (1).jpg
tu-convocation-2023 (2).jpg
tu-convocation-2023 (3).jpg
tu-convocation-2023 (4).jpg
tu-convocation-2023 (5).jpg
tu-convocation-2023 (6).jpg
tu-convocation-2023 (7).jpg
tu-convocation-2023 (8).jpg
tu-convocation-2023 (9).jpg
tu-convocation-2023 (10).jpg
tu-convocation-2023 (11).jpg
tu-convocation-2023 (12).jpg
tu-convocation-2023 (13).jpg
tu-convocation-2023 (14).jpg
tu-convocation-2023 (15).jpg
tu-convocation-2023 (16).jpg
tu-convocation-2023 (17).jpg
tu-convocation-2023 (18).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ