arrow

सेनाले चीनबाट सैन्य सामग्री किन्दै, पूर्व निर्णय भन्दै प्रचण्ड र खड्काको अनुमति

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ९ सोमबार
Nepal-army-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पूर्ववर्ती सरकारको निर्णय भन्दै नेपाली सेनाले चीनबाट सैन्य सामग्री खरिद गर्ने भएको छ । प्रधानसेनापतिको चीन भ्रमणपछि सेनाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको अनुमतिमा चीनबाट हतियार खरिद गर्न लागेको हो । 

त्यसका लागि सेनाको कल्याणकारी कोषले हिमालयन बैंकमा प्रतित पत्र (एलसी) खोलिसकेको स्रोतले जनाएको छ । ‘गत साता नै ५ ओटा एलसी खुलेका छन्’, सैनिक उच्च स्रोतले भन्यो,  ‘चीनबाट ठूलो परिमाणमा सैन्य सामग्री खरिदको तयारी भएको छ ।’ 

सैन्य स्रोतले दिएको जानकारी अनुसार चीनबाट २६ ओटा एपीसी खरिद गर्न गत साता एलसी खोलिएको हो । सेनाको कल्याणकारी कोषबाट सेनाले ३३ मिलियन अमेरिकन डलर करिब ४ अर्ब ४२ करोड रकम बराबरको एपीसी र सैनिक सामग्री खरिद गर्ने निर्णय गरेको थियो । 

सो सामग्री अहिले खरिद गरे पनि संयुुक्त राष्ट्र संघबाट शोध भर्ना हुने अपेक्षा गरेको भए पनि त्यो संभावना निकै न्यून रहेको छ । 

राष्ट्रसंघको दृष्टिमा विवादित कम्पनीबाट खरिद हुन लागेका कारण शोधभर्नाको संभावना कमजोर रहेको स्रोतले जनाएको छ । अहिले खरिद गर्न लागेको ती सामग्री अघिल्लो पटक शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा खरिदको निर्णय भएको थियो ।

तर चिनियाँ कम्पनी नर्थ इन्डस्ट्रिज कर्पोरेसन (नोरिन्को) बाट सामान खरिद गर्ने तयारी भएपछि विवादित कम्पनी भएका कारण रोकिएको थियो । सन् २०१९ मा केन्यामा भएको एक घटनामा विद्रोही पक्षले हमला गर्दा राष्ट्रसंघीय मिसनमा खटिएका पाँच सैनिकको मृत्यु भएको थियो । 

चीनको सोही कम्पनीबाट खरिद गरिएको तथा गुणस्तर कमजोर भएको एपीसीका कारण शान्ति मिसनमा खटिएका सैनिकको मृत्यु भएको उजु री परेपछि राष्ट्र संघले छानबिनसमेत गरेको थियो । 

त्यही बेलादेखि राष्ट्रसंघले सो कम्पनीबाट खरिद गरेका सामग्रीलाई मान्यता दिएको छैन । तर नेपाली सेनाले यस्तो विवादित कम्पनीबाट प्रतिस्पर्धा बिनै हतियार खरिद गर्न लागेको हो । 

सैन्य सामग्री खरिद प्रक्रिया जीटूजीअन्तर्गत हुने दाबी सेनाको छ । सामान खरिदका लागि चिनियाँ कम्पनी नोरिन्कोले नेपाली एजेन्टसमेत तयार पारेको स्रोतले जनाएको छ । 

सेनाले ४ अर्ब बराबरको सैनिक सामग्रीका लागि ५ ओटा एलसी खोलेको छ । जसमा २ ओटा एलसी राष्ट्र बैंकको स्वीकृतिको चरणमा छ । सेनाले चीनको नोरिन्कोबाट २६ ओटा एपीसी र सैनिक सामग्री खरिद गर्न लागेको छ । 

सेनाले एपीसी र एम्युनिसन प्लान्टसमेत चीनबाट खरिदको तयारीको लागि प्रक्रिया अघि बढाइसकेको स्रोतको दाबी छ । 

सेनाले भारतबाटसमेत ४ ओटा महेन्द्रा कम्पनीको एपीसीको एलसी खोलिसकेको छ ।

त्यसका साथै थप १२ ओटा एचएमएलटी, ५.५६ को गोली, केस कप्स, वुलेट कप्स, बक्सर प्राइमर (१२०३), डबल बेस प्रोपेलान्टलगायत भारतीय कम्पनी एमआईएललाई दिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ