arrow

त्रिविमा उपकुलपति खुला प्रतिस्पर्धाबाट चुन्न माग गर्दै प्रधानमन्त्रीलाई पत्र अभियान [तस्बिरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ११ बुधबार
nsu-tu-signature-campaign (6).jpg

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्यता, दक्षता र अनुभवमा आधारित खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न माग गर्दैै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्रीलाई पत्र अभियान थालेको छ । 

नेविसंघ केन्द्रीय तदर्थ समितिले त्रिवि केन्द्रीय क्याम्पसलगायत उपत्यकाको आंगिक तथा सम्बन्धनप्राप्त ५१ वटा क्यामपसहरुबाट प्रारम्भ गरेको जनाएको छ । 

गत पुस २ गते त्रिभुवन विश्वविद्यालयको ४९ औॅ दीक्षान्त समारोह गर्दै धेरै विद्यार्थी दीक्षित गरी विश्वकीर्तिमान राखेर आत्ममुग्द भएको भन्दै नेविसंघले यो अभियान मार्फत उक्त समारोहबाट प्रमाण पत्र लिएर दीक्षित १२ हजार ४ सय १५ बराबरको संख्यामा विद्यार्थीहरुले हस्ताक्षर गरेको पत्र प्रधानमन्त्रीलाई बुझाउने पनि जनाएको छ ।

विश्वविद्यालयबाट दलीयकरण र राजनीतिक भागबण्डाको अन्त्य गर्नको लागि सबैलाई यस अभियानमा जोडिनसमेत नेविसंघले अनुरोध गरेको छ । 

nsu-tu-signature-campaign (7).jpg
nsu-tu-signature-campaign (1).jpg
nsu-tu-signature-campaign (2).jpg
nsu-tu-signature-campaign (3).jpg
nsu-tu-signature-campaign (4).jpg
nsu-tu-signature-campaign (5).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ