arrow

डोनाल्ड ट्रम्पलाई देउवाको यस्तो बधाई

logo
प्रकाशित २०७३ कार्तिक २५ बिहिबार

काठमाडौं । कांगे्रस सभापति शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । देउवाले विहिबार एक विज्ञप्ति जारी गरी बधाई तथा शुभकामना दिएका हुन् ।

देउवाले ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध अझ बढी सुदृढ हुन विश्वा गरेका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राज्य अमेरिकामा हालै भएको निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प राष्ट्रपति पदमा निर्वाचित हुनु भएकोमा मेरो व्यक्तिगत र पार्टीको तर्फबाट हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु ।’

यस्तै, अगाडि भनिएको छ, ‘उहाँको कार्यकालमा नेपाल र अमेरिका बीचको सम्बन्ध अझ बढी सुमधुर हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’ सत्ताको मुख्य साझेदार दल कांग्रेस अघि नेतृत्वकर्ता दल माओवादी केन्द्र तथा सरकारले वुधबारै शुभकामना दिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ