arrow

तरुण दल पर्सामा वीरेन्द्र पटेल सर्वसम्मत

logo
प्रकाशित २०७३ कार्तिक २५ बिहिबार
Birendra--pt-new.jpeg

वीरगञ्ज । नेपाल तरुण दल पर्साको जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा जिल्ला कार्यसमिति चयन गरेको छ ।

वीरेन्द्र पटेलको अध्यक्षतामा सर्वसम्मत चयन भएको कार्यसमितिको उपाध्यक्षमा आनन्द कुमार चौधरी, सचिवमा विवेक कुमार चौरसिया, कोषाध्यक्षमा बालिष्टर साह कानु, केन्द्रीय पार्षदमा हुकुम सिंह, महिला पार्षदमा अनामिका कुमारी यादव, महिला महाधिवेशन प्रतिनिधिमा सबिता देवी सिंह, शोभा देवी,  विजय सिंह, कालु सिंह, साविर अहमद ऐराज छन् ।

यस्तै, नगर अध्यक्षमा अजय कुमार गुप्ता, महाधिवेशन प्रतिनिधि राजेश जैन बोथरा, पोखरीया नगर अध्यक्षमा रामश्रे वैठा चयन भएका छन् ।

तरुण दल क्षेत्र नम्बर १ मा दशरथ पटेल, महाधिवेशन प्रतिनिधिमा रवीन्द्र ठाकुर, क्षेत्र नम्बर २ को अध्यक्षमा अनिल यादव, महाधिवेशन प्रतिनिधिमा मनोज महतो, क्षेत्र नम्बर ३ को अध्यक्षमा सुरेन्द्र सिंह, महाधिवेशन प्रतिनिधिमा विवेक कुमार चौरसिया, त्यसैगरी क्षेत्र नम्बर ४ को अध्यक्षमा फणिन्द्र प्रसाद पटेल, महाधिवेशन प्रतिनिधिमा धर्मा साह र क्षेत्र नम्बर ५ को अध्यक्षमा अशोक पटेल र महाधिवेशन प्रतिनिधिमा सहरुम राउत गद्दी निर्वाचित भएको तरुण दलका केन्द्रिय प्रतिनिधि नवल किशोर यादवले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ