- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । विश्वविद्यालयको उपकुलपति तथा पदाधिकारीहरु खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएको छ ।
नेविसंघको केन्द्रले खुला प्रतिस्पर्धामा जोड दिएसँगै विधिन्न क्याम्पसका विद्यार्थीले पनि सोही अनुसार सरकारलाई दबाब दिइरहेका छन् । दलीय भागबन्डाका उपकुलपति र पदाधिकारी झोले भएसँगै शैक्षिण स्तर खस्किएको भन्दै विद्यार्थीहरुले नै खुला प्रतिस्पर्धाबाट छनोट हुनुपर्नेमा जोड दिएका छन् ।
सोही क्रममा नेविसंंघले रत्नराज्य क्याम्पसमा आज सडक बहस कार्यक्रम आयोजना गरेको छ ।