arrow

हमासले बन्दी बनाएको विपिनको रिहाइका लागि इजरेली राजदूतसँग अनुरोध 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १९ बिहिबार
bipin-rihai-rss.jpg

काठमाडौँ ।आतङ्कवादी समूह हमासले बन्दी बनाएको भनिएका नेपाली युवक विपिन जोशीको जीवनरक्षा तथा निजको सकुशल रिहाइका लागि अनुरोध गरिएको छ । 

 सभामुख देवराज घिमिरेले नेपालका लागि इजरेलका राजदूत खनान गोडेरसँग बुधबार आफ्नै कार्यकक्षमा भएको भेटमा निर्दोष जोशीको रिहाइका निम्ति अनुरोध गरेका हुन् ।

राजदूत गोडेरले जोशीलगायत अन्य देशका बन्धकलाई मुक्त गर्ने प्रयास जारी रहेको बताउँदै जोशी हमासको कब्जामा सकुशल रहेको सूचना आफूलाई प्राप्त भएको जानकारी दिएको सभामुखको सचिवालयले जनाएको छ । 

गत असोज २० गते हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने जोशीलाई हमासले बन्धक बनाएको इजरेली सेनाले बताउँदै आएको छ । 

उक्त दिनपछि इजरेलले गाजापट्टीमा जारी राखेको आतङ्कवादी विरुद्धको सैन्य कारबाहीमा २२ हजार एक सय ८५ जनाको ज्यान गएको तथा ५७ हजार घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ