हमासले बन्दी बनाएको विपिनको रिहाइका लागि इजरेली राजदूतसँग अनुरोध
हाम्रा कुरा
प्रकाशित २०८० पुष १९ बिहिबार
842
Shares
काठमाडौँ ।आतङ्कवादी समूह हमासले बन्दी बनाएको भनिएका नेपाली युवक विपिन जोशीको जीवनरक्षा तथा निजको सकुशल रिहाइका लागि अनुरोध गरिएको छ ।
सभामुख देवराज घिमिरेले नेपालका लागि इजरेलका राजदूत खनान गोडेरसँग बुधबार आफ्नै कार्यकक्षमा भएको भेटमा निर्दोष जोशीको रिहाइका निम्ति अनुरोध गरेका हुन् ।
राजदूत गोडेरले जोशीलगायत अन्य देशका बन्धकलाई मुक्त गर्ने प्रयास जारी रहेको बताउँदै जोशी हमासको कब्जामा सकुशल रहेको सूचना आफूलाई प्राप्त भएको जानकारी दिएको सभामुखको सचिवालयले जनाएको छ ।
गत असोज २० गते हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने जोशीलाई हमासले बन्धक बनाएको इजरेली सेनाले बताउँदै आएको छ ।
उक्त दिनपछि इजरेलले गाजापट्टीमा जारी राखेको आतङ्कवादी विरुद्धको सैन्य कारबाहीमा २२ हजार एक सय ८५ जनाको ज्यान गएको तथा ५७ हजार घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।