arrow

राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँट

सिट बाँडफाँटमा अझै जुटेन गठबन्धनमा सहमति [भिडियो]

एमालेसँग समग्रतामा समसामयिक विषयमा छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १९ बिहिबार
ramesh-lekhak-gathabandan.jpg

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ गठबन्धनमा राष्ट्रिय सभाको निर्वाचनलाई लिएर सिट बाँडफाँटमा अझै सहमति जुट्न नसकेको बताएका छन् । 

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका चार दलहरूको बैठकले सिट बाँडफाँटको विषय अझै टुङ्ग्याउन नसकेको हो ।

 बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक लेखकले सरकारमा सहभागी ४ राजनीतिक दल नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेताहरूको बीचमा छलफल भएको तर सिट बाँडफाँटको विषय टुङ्गीनसकेको बताए । उनले आज साँझ वा शुक्रवार बिहान पुनः बस्नेगरी बैठक सकिएको बताए ।

उनले भने, ‘सरकारमा सहभागी ४ राजनीतिक दलका नेताहरूको छलफल भएको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेताहरूको बीचमा छलफल भएको छ । मूलतः राष्ट्रिय सभाको विषयलाई लिएर छलफल भएको छ । थप छलफल गर्न बाँकी छ, त्यसका लागि फेरि साँझ, भोलि बिहान बस्ने गरी उठेका छौँ । एमालेसँगको छलफल, समसामयिक राजनीतिक विषयमा भइरहेको हुनाले एमालेसँगको संवाद पनि समसामयिक विषयमा जारी रहन्छ, गठबन्धनको संवाद पनि जारी रहन्छ । गठबन्धनका राजनीतिक दलहरूका बीचमा राष्ट्रिय सभाकै विषयलाई केन्द्रमा राखेर छलफल भइरहेको छ । एमालेसँग समग्रतामा समसामयिक विषयमा छलफल भइरहेको छ ।’

प्रमुख सचेतक लेखकले एमालेसँगको छलफल समसामयिक राजनीतिक विषयमा भइरहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ