arrow

माथिदेखि तलसम्म नेताहरूको ध्यान सेटिङ मिलाएर पैसा खानेमा

राज्य कमिशन धन्दामा लागेको सांसद शर्माको आरोप [भिडियो]

शीर्ष नेतासहित कर्मचारी, अख्तियारका हाकिम, गभर्नरको अर्बौँको सम्पत्ति विदेशमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २३ सोमबार
sunil-sharma.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माले राज्य कमिशन धन्दामा लागेको आरोप लगाएका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा सांसद शर्माले यस्तो बताएका हुन्  ।

उनले राज्य जनताको स्वास्थ्य र शिक्षामा नभई कमिशन धन्दामा लागेको आरोप लगाए । उनले सरकार जनताको उपचारमा भन्दा कमिशनको खेलमा ठूलाठूला ठेक्का निकाल्ने र ठेक्का कसरी आफू निकटका ठेकेदारलाई पार्ने भन्ने धन्दामा लागेको आरोप लगाए । सरकारले चाहे एक हप्तामै सरकारी तथा निजी अस्पतालबाट स्वास्थ्य बिमा गरेका विमितले उपचार पाउन सक्ने उनले बताए ।

स्वास्थ्य उपचारको सहज पहुँचबाट वञ्चित नागरिकलाई सेवा दिने उद्देश्यका साथ शिविर सञ्चालन गरेको सांसद शर्माको भनाइ छ ।

उनले भने, ‘मुलुकभर जुन ठाउँमा चाहे सरकारी होस्, चाहे निजी होस् । हरेक अस्पतालहरूमा विमितहरुले उपचार पाउने गरी उपचार सम्भव छ । यो काम एक हप्ताभित्र गर्न सम्भव छ । तर राज्य गर्दैन । मतलब छैन । ठूलाठूला डिल कसरी गर्ने ? टेण्डर खोल्दा आफूले भनेका कम्पनीहरूलाई कसरी पार्ने ? कति अर्बको टेण्डर आफ्नो पालामा खोलिसक्ने ? माथिदेखि तलसम्म नेताहरूको सेटिङ मिलाएर पैसा कसरी खाने यत्ति छ । हामी त्यसै बोलिरहेका छैनौँ । अहिले नेपालका शीर्ष नेता मात्रै होइन, कर्मचारीहरू पनि करका हाकिम, अख्तियारका हाकिम, राष्ट्र बैङ्कका गभर्नरदेखि लिएर अन्य मानिसहरूको अर्बौँको सम्पत्ति विदेशमा छ । दुबईमा कति नेपालीका बङ्गलाहरू छन् । हामीले यहाँ गाउँमा एउटा झोलुङ्गे पुल बनाउन वर्षौँसम्म सङ्घर्ष गर्नुपर्छ, एउटा कुलो बनाउन वर्षौँसम्म सङ्घर्ष गर्नुपर्छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ