-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । शेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार ३६.५७ अंकले बढेको शेयर बजार २०५९.४२ विन्दुमा पुगेर बन्द भएको छ ।
यस दिन ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०२ रुपैयाँको कारोबार भएको छ ।
यसदिन २१२ वटा कम्पनीको सेयरमूल्य बढ्दा २९ वटा कम्पनीको घटेको छ भने ५ वटाको स्थिर छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आइतबार पहिरो गएकामा सोमबार हरियाली छाएको हो । आइतबार २६ दशमलव ३६ अङ्कको गिरावट देखिएको थियो ।