arrow

उत्सव ढुंगाना बने क्यानको नयाँ महाप्रबन्धक 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २३ सोमबार
utsav-dhungana-CAN-gm.jpg

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले उत्सव ढुंगानालाई नयाँ महाप्रबन्धक नियुक्त गरेको छ । लामो समयदेखि खाली रहेको महाप्रबन्धक पदमा क्यानले सोमबार ढुंगानालाई नियुक्त गरेको जानकारी दिएको हो ।

क्यानले विज्ञापन गरी खुला प्रतिस्पर्धाबाट ढुंगानालाई महाप्रबन्धक बनाएको हो ।  क्यानको महाप्रबन्धकका लागि ६८ जनाले आवेदन दिएकोमा ७ जनालाई अन्तर्वार्तामा सामेल गराएर उनलाई छानिएको हो । 

यसअघि ०७९ को बैशाख ३ मा क्यानले वृतान्त खनाललाई महाप्रबन्धक नियुक्त गरेपछि उनले दिएको राजीनामा गत असार १५ गते स्वीकृत भएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ