arrow

राष्ट्रिय सभा निर्वाचन

सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन शीर्ष नेताहरूको अपिल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २९ आइतबार
lekhak-ramesh-s.jpg

काठमाडौँ । सत्तारुढ गठबन्धनका राष्ट्रिय सभा उम्मेदवारहरूलाई जिताउन गठबन्धनका शीर्ष नेताहरूले अपिल गरेका छन् । 

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रिय सभामा गठबन्धनको तर्फबाट उठाइएका उम्मेदवारहरूलाई जिताउन संयुक्त आह्वान गरेका हुन् । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गठबन्धनका उम्मेदवार सबैका साझा उम्मेदवार भएकाले सबैले मतदान गरेर जिताउनका लागि शीर्ष नेताहरूले आह्वान गर्नुभएको बताए । उनले प्रदेशहरूमा र जिल्लाहरूमा समन्वय समितिहरू गठन भएको बारेमा नेताहरूलाई ब्रिफिङ गरिएको पनि बताए ।

उनले भने, ‘सरकारमा रहेका, सरकारलाई सहयोग गरिरहेका राजनीतिक दलका प्रमुख नेताहरूको बैठक हो । यो बैठक राष्ट्रिय सभा निर्वाचनका लागि हो । राष्ट्रिय सभा निर्वाचनको सत्ता पक्षका गठबन्धनका साझा उम्मेदवारहरूलाई कसरी जिताउने भन्ने छलफल भयो । संयुत्तः अपिल जारी गर्ने काम भएको छ । सबै सात दलका नेताहरूले संयुक्त रूपमा हस्ताक्षर गरेर १९ जना उम्मेदवार नै हामी सबैका साझा उम्मेदवार हुन् र सबैले मतदान गरेर जिताउनका लागि भनेर आह्वान गर्ने काम भएको छ । प्रदेशहरूमा समन्वय समितिहरू गठन भएका छन् । जिल्लामा समन्वय समितिहरू गठन भएका छन् । त्यसका बारेमा पनि नेताहरूलाई ब्रिफिङ गर्ने काम भएको छ ।’

आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । निर्वाचनबाट गठबन्धनलाई अझ सङ्गठित र बलियो बनाउन आवश्यक रहेको गठबन्धनको निष्कर्ष छ । गठबन्धन देशमा राजनीतिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर भएको भन्दै नेताहरूले गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक रहेको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ