-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । शेयर बजार साढे ५४ अंकले वृद्धि भएको छ । मंगलबार ५४.५४ अंकले वृद्धि भएको शेयर बजार २१७५.१७ विन्दुमा आएर बन्द भएको छ ।
यसदिन ३०४ वटा कम्पनीको २ करोड ३३ लाख ७० हजार ५३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४०६ रूपैयाँको कारोबार भएको छ ।
यसदिन २१४ वटा कम्पनीको शेयर मूल्य वृद्धि हुँदा ३१ कम्पनीको घटेको छ भने २ कम्पनीको स्थिर छ।
यो कारोबार दुई वर्षयताकै उच्च हो । विश्लेषकहरुले लगानीकर्तामा आत्मविश्वास बढेको हिसाबमा यसलाई लिएका छन् ।
यद्यपि बैंकले ब्याजदर घटाएपछि लगानीकर्तामा शेयरतिर आकर्षित भएको संकेतको रुपमा लिइएको छ ।