arrow

प्रधानमन्त्री कप क्रिकेटमा पुलिस, बागमती र सुदूरपश्चिम विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २ मंगलबार
surya-tamang-bagmati-2080-1.jpg
तस्बिर – ह्याट्रिकसहित १८ रन खर्चेर ६ विकेट लिन सफल सूर्य तामाङ ।

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका मंगलबारका खेलमा नेपाल पुलिस क्लब, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । 

पुलिस क्लबले कीर्तिपुर मैदानमा भएको खेलमा कोशी प्रदेशलाई ७ विकेटले पराजित गर्यो । जितको लागि १ सय ६७ रनको  विजयी लक्ष्य पछ्याएको पुलिसले २३.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । 

पुलिसको जितमा अर्जुन साउदले सर्वाधिक ६२ रन बनाए । उनले ६३ बलमा ५ चौका र २ छक्कासहित ६२ रनमा अविजित रहे ।

त्यस्तै दीपेन्द्रसिंह ऐरीले अविजित ३८ रन बनाए । उनले १७ बलमा ४ चौका र २ छक्कासहित ३८ रन बनाए । दीलीप नाथले ३१ बलमा २ चौका र १ छक्कासहित ३१ बनाए । यसैगरी कुशल भुर्तेलले १२ र सुनिल धमलाले १६ रन बनाए । कोशीका कमल खत्रीले २ विकेट लिए भने सोनु मण्डलले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा कोशी प्रदेशले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६६ रनको योगफल बनाएको थियो । कोशीको लागि सुजन थपलियाले एक सय ५ रनको योगदान गरे । 

उनले १ सय २६ बलमा आठ छक्का र ६ चौकाको मद्दतले सर्वाधिक एक सय ५ रनको योगदान गरेका हुन् । यसैगरी अभ्यास तिमिल्सिनाले २३ र कप्तान अङ्कित सुवेदीले १० रन बनाए । 

 सुजनले आठौँ विकेटका लागि अभ्याससँग ९९ रनको साझेदारी गरेका थिए । यता पुलिसका लागि करण केसीले  तीन विकेट लिए भने ललितनारायण राजवंशी र सुनिल धमलाले समान दुई दुई विकेट झारे । त्यस्तै राशिद खान, सागर ढकाल र कुशल भुर्तेलले समान एक एक विकेट लिए ।

त्यस्तै मूलपानी मैदानमा भएको खेलमा बागमती प्रदेशले मधेस प्रदेशलाई ८६ रनले हरायो । पहिले ब्याटिङ गरेको बागमतीले ४ बल खेल्न बाँकी छँदै १९० रन बनायो । 

प्रतिस जीसीले ५५ बलमा ५९ रन बनाए । रुपेश सिंह र अरनिको यादवले २–२ विकेट लिए । जवाफमा मधेस २९ ओभरमै १०४ रन बनाएर अलआउट भयो । 

पवन सर्राफले ४८ बलमा सर्वाधिक ४५ रन बनाए । शानदार जित हासिल गर्ने क्रममा सूर्य तामाङले ह्याट्रिकसहित १८ रन खर्चेर ६ विकेट लिए । 

त्यस्तै सुदूरपश्चिमले कर्णाली प्रदेशलाई १३४ रन बनायो । सुदूरले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा ५ विकेटको क्षतिमा २७७ रन बनायो । खडक बोहराले ८०, तेज रावतले ५९ तथा किरण ठगुन्नाले ५० रन बनाए । 

जवाफमा कर्णालीले ३७.२ ओभरमा अलआउट हुँदै १४३ रन बनायो । दिवान पुनले सर्वाधिक ३८ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा शेर मल्लले ४ तथा विकाश अग्रीले २ विकेट लिए । 

अंक तालिका 
१० टोली सहभागी प्रतियोगितामा २ खेलबाट ४ अंकसहित सशस्त्र प्रहरी, सुदूरपश्चिम र पुलिस क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । 

त्रिभुवन आर्मी क्लब, लुम्बिनी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र कर्णाली प्रदेशले २–२ अंक बटुलेका छन् भने गण्डकी प्रदेश र कोशी प्रदेशले खाता खोलेका छैनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ