arrow

पन्ध्रलाख घुससहित वडाध्यक्ष बादे अख्तियारको नियन्त्रणमा

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० माघ ४ बिहिबार
nripesh-bade-kavre-ward-pre.jpg

काभ्रेपलाञ्चोक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख रुपैयाँ घुससहित काभ्रेको बनेपा नगरपालिका ९ का वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ ।   

घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस लिइसकेको अवस्थामा वडाध्यक्ष ४२ वर्षीय नृपेश बादेलाई बुधबार राति भक्तपुर मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । 

वडाध्यक्ष बादेसँगै आएको बा ७ च १२९ नं का कार चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं ७ मिलनटारका ३१ वर्षीय पदमबहादुर प्रधानलाई समेत गाडीसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ