arrow

दुई गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ६ शनिबार
helicopter-sutkeri-uddar.jpg
तस्बिर-फाइल

बाजुरा । जिल्लाका पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिका-२ को कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट शुक्रबार दुई गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 

बुढीनन्दा नगरपालिका-१ जमसालकी २५ वर्षीया सम्झना खत्री र सोही वडाको पिपलडालीकी २९ वर्षीया सरस्वती विष्टको उद्धार गरी सुर्खेत पठाइएको डा रञ्जित शाहले बताए ।  

खत्रीको पेटमै बच्चाले दिसा गरेको र तत्काल अप्रेसन गर्नुपर्ने हुँदा कोल्टीमा सम्भव नभएपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको डा शाहको भनाइ छ । 

गर्भवती विष्टलाई भने सुत्केरी व्यथा लागेको लामो समय भइसक्दा पनि बच्चा नजन्मेकाले तत्काल अप्रेशन गर्नुपर्ने भएकाले सुर्खेत पठाइएको डा शाहको भनाइ छ ।

डा शाहका अनुसार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जिल्ला अस्पताल बाजुराबाट अक्सिजन भरेर ल्याउने गरेको भए पनि अस्पतालमा अक्सिजन प्लान्ट बिग्रेपछि गर्भवतीलाई रिफर गरिएको हो । 

गर्भवतीको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए । 
 
दुर्गम तथा विकट जिल्लाका गर्भवती र सुत्केरीको उद्धारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी बन्दै गएको छ । 

सो जटिल बिरामीलाई  हेलिकप्टरबाट राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत निःशुल्क हवाई उद्धार गर्ने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ