निरन्तर ओरालो यात्रामा नेप्से, तीन अर्ब ९० करोडको कारोबार
हाम्रा कुरा
प्रकाशित २०८० माघ १० बुधबार
945
Shares
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्राले बुधबार पनि निरन्तरता पाएको छ । यो सातामा कारोबारको लगातार चौथो दिन बुधबार नेप्से परिसूचक १० दशमलव २५ अङ्कले घटेर दुई हजार ८८ दशमलव ०४ को बिन्दुमा सीमित भएको छ ।
बुधबार विभिन्न तीन सय ११ कम्पनीका एक करोड १० लाख ४९ हजार नौ सय ४९ कित्ता शेयर ९० हजार दुई सय १० पटक खरिदबिक्री हुँदा रू तीन अर्ब ८९ करोड ७० लाख २२ हजार पाँच सय ९८ बराबरको कारोबार भएका छन् ।
बैंकिङ समूह शून्य दशमलव ०९ र म्युचुअल फन्ड समूह शून्य दशमलव १४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै घट्नेमा भने जलविद्युत् समूह एक दशमलव २७ र लगानी समूह एक दशमलव ६५ प्रतिशतले घटेको छ ।
चन्द्रागिरी हिल्स लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु २५ करोड १५ लाख ६८ हजार ६७ बराबरको कारोबार भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अरुण काबेली पावर लिमिटेडको पाँच लाख ७१ हजार आठ सय ७४ कित्ता शेयर किनबेच भएको छ ।