arrow

राष्ट्रिय सभाका १९ जना सदस्य चयन गर्नका लागि मतदान सम्पन्न [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ११ बिहिबार
election-2080-10-11a.jpg

काठमाडौँ । आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन भएको छ । कानूनतः पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ । 

प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गरे यस निर्वाचनमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान भएको हो । 

सबैभन्दा पहिले कर्णालीमा मतदान सकिएको थियो । निर्वाचन आयोगका अनुसार निर्वाचनमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको थियो । 

केहीबेरमै मतगणना, आजै परिणाम
निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचकमण्डल रहेको छ । 

राष्ट्रिय सभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ । 

निर्वाचनमा हाल कायम प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कूल मतभार ५७ हजार पाँच सय ५९ हुनेछ । 

हाल कायम प्रदेशसभा सदस्य पाँच सय ४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार नौ सय ९८ मतदाता रहेका छन् ।

१९ जनाका लागि ५१ जना चुनावी मैदानमा छन् । केही बेरपछि मतगणना शुरु हुने र आजै अन्तिम मतपरिणाम आउने छ । 

 निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शान्तिपूर्ण र उल्लासमय वातावरणमा मतदान भएको बताए । 

उनले मतदान सकिएलगत्तै आजै गणना भई राति आठ बजेसम्म मतपरिणाम सार्वजनिक गर्ने गरी आयोगले तयारी गरेको बताए ।

national-assembly-2080-10-11 (1).jpg
national-assembly-2080-10-11 (2).jpg
national-assembly-2080-10-11 (3).JPG
national-assembly-2080-10-11 (4).JPG
national-assembly-2080-10-11 (5).JPG
national-assembly-2080-10-11 (6).jpg
national-assembly-2080-10-11 (7).jpg
national-assembly-2080-10-11 (8).JPG
national-assembly-2080-10-11 (9).jpg
national-assembly-2080-10-11 (10).JPG
national-assembly-2080-10-11 (11).jpg
national-assembly-2080-10-11 (12).JPG
national-assembly-2080-10-11 (13).jpg
national-assembly-2080-10-11 (14).JPG
national-assembly-2080-10-11 (15).jpg
national-assembly-2080-10-11 (16).jpg
national-assembly-2080-10-11 (17).jpg
national-assembly-2080-10-11 (18).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ