arrow

बाँदरको निकासी गर्न नहुने संरक्षणविद्को धारणा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १६ मंगलबार
baadar-saskritbid.jpg

काठमाडौँ । संरक्षणविद्हरुले बाँदरको निकासी गर्नु नहुने बताएका छन् । मंगलवार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै संरक्षणविद्हरुले बाँदरको निकासी गर्नु नहुने धारणा राखेका हुन् ।

 उनीहरुले बाँदर नेपालको संस्कृतिसँग पनि सम्बन्धित भएको भन्दै नेपाली संस्कृति मास्नेगरी निकासी गर्ने काम गर्नु नहुने बताएका छन् । बैठकमा बोल्दै संरक्षणविद् तथा नेपाल सरकारका पूर्वसचिव डा. उदयराज शर्माले नेपालमा पटक–पटक बाँदर निकासीको कुरा उठ्ने गरेको भन्दै त्यसो गर्नु नहुने बताए । 

उनले बाँदरको निकासी गरेर बाँदर आक्रमण कम नहुने बताए । उनले बाँदरले अत्याधिक दुःख दिएको अवस्थामा सरकारले निर्णय गरेर बाँदर मार्न भने सकिने धारणा राखे । संरक्षित जनावरलाई मात्रै मार्न नपाउने नेपालको विद्यमान कानून रहेको उल्लेख गर्दै उनले रातो बाँदर संरक्षित जनावरभित्र नपर्ने स्पष्ट पारे । 

यद्यपी बाँदर शिकार गर्ने जनावर पनि नभएको भन्दै उनले दुःख दिएमा सरकारले निकास दिन सक्ने बताए । त्यस्तै बँदेलले पनि धेरै दुःख दिने गरेको अवस्थामा बँदेललाई मार्न दिनुपर्ने बताए । अथवा बँदेललाई बच्चामै निःशुल्क रुपमा व्यक्तिहरुलाई दिन सकिने पनि बताए । पछिल्लो समय मानव र वन्यजन्तुका बीचमा द्वन्द बढ्दै गएको भन्दै उनले अधिक वन्यजन्तुप्रेमी हुनुपनि आवश्यक नभएको बताए ।

उनले भने – ‘द्वन्द्व बढ्ला भनेर हामीले के भनेका थियौँ भने संरक्षित सूचिमा नपरेका वन्यजन्तुहरु जुन छ, त्यो सूचिमा भएका वन्यजन्तुहरुलाई मध्यवर्ति क्षेत्रको वनमा शिकार खेल्न पाइन्छ भनेर नियमावलीमै छ यो कुरा । प्रयोगमा आउँन दिँदैन उनहरु । किन दिदैन भने, बन्दुक पड्कियो भने आर्मिलाई टेन्शन हुन्छ कहाँ पड्कियो ? किन पड्कियो ? उनीहरु दौडनुपर्ने ? यस्तो रहेछ । अर्को कारण अधिक प्रेमी भए । नयाँ जोगीले बढी खरानी धस्छ भनेजस्तै बढी वन्यजन्तुप्रेमी भएर पनि काम छैन । यो पनि एउटा फसल नै हो । यसलाई पनि काट्नुपर्छ । झिक्नुपर्छ । त्यहाँबाट यदि बँदेलहरु आउँछ । त्यसले सबभन्दा बढी दुःख दिन्छ भने सानो बच्चाहरु त्यसको जुन समय हुन्छ । समयमा त्यो बच्चाहरुलाई हामीहरुले निःशुल्क लिन दिए भयो । निकासी गर्न दिए भयो । बँदेललाई मार्न दिए भयो । अब उनहरुले धेरैजसो बाँदरको कुरा गर्नुभयो । बाँदरको कुरामा उनहरुले के भने भने बाँदर त अब निकासी नै गर्नुपर्छ क्यारे । मैले भने तपाईहरुलाई चेलिबेटी निकासी गरेर पुगेन । यहाँको मूर्तिहरु निकासी गरेर पुगेन । धर्म संस्कृतिसँग सम्बन्धित बाँदरलाई निकासी गर्ने विचार कसरी आयो ? मानिलिउँ तपाईले १०० वटा बाँदर निकासी गर्नुभयो भने के बाँदरको आक्रमण कम हुन्छ ? यस्तो नचाहिने कुरा नगर्नुस् म कहिल्यै पनि कन्भिन्स् हुँदैन । मेरै पालामा बाँदर निकासीको कोसिस पनि भएको थियो । मैले नै रोकेको पनि हो । दिपक बोहोरा मन्त्री हुनुहुन्थ्यो त्यतिबेला । उनलाई मैले कन्भिन्स् गरेर रोकेको पनि हो । यदि बाँदरले साँच्चिकै दुःख दिन्छ भने बाँदरलाई मार्नुस् । समस्या छैन । सुकुटी बनाएर बेच्नुस् मलाई त्यसमा पनि समस्या छैन । तर जिउँदो बाँदरलाई ६ महिनासम्म उल्टो पारेर त्यो औषधि जसमा हामी २५ हजार मात्र पाउँछौँ । त्यसको लागि बाँदर निकासी गर्ने हाम्रो धर्म संस्कृतिसँग आवद्ध भारतजस्तो देशले त निकासी अनुमति दिएको छैन । हामी जान्ने भएर हाम्रो धर्म, संस्कृति मास्ने किसिमको काममा लाग्नु हुँदैन । यो कुनै धर्म भन्दापनि बढी संस्कृति सँग सम्बन्धित कुरा हो भनेर मैले भने । बाँदर संरक्षित जनावर होइन । ढेडु बाँदर पर्छ । यो रातो बाँदर पर्दैन । यदि सरकारले चाह्यो भने यसमा निकास दिन सक्छ । तर यो शिकार गर्ने जनावर नभएको हुनाले यसको शिकार हुन सक्दैन । तर यसले दुःख दिएर मार्नुप¥यो भन्ने कुरो उठ्यो भने त्यसलाई सरकारले यो विषयमा निकास दिन सक्छ ।’

बैठकमा बोल्दै लेखक अश्विनकुमार पुडासैनीले पोखरा–१९ का वडाध्यक्षले ‘मेरो रुख म काट्छु’ अभियानको नाममा आफ्नो घर वरपरको रुख काट्न निर्देशन जारी गरेको प्रसंग निकाल्दै त्यो समाधानको बाटो नभएको बताए । उनले रुख काटेर बाँदरको समस्या समाधान नहुने बताए । त्यस्तै निकासी गरेर वा मारेर पनि समस्याको समाधान नहुने उनको भनाई छ । समस्या समाधानका लागि वस्तीलाई व्यवस्थित र प्रकृतिमैत्री बनाउनुपर्नेमा उनको जोड छ ।

उनले भने – ‘पोखरामा वडा अध्यक्षले बाँदरले दुःख दियो, त्यहाँ भएको रुख काट भन्नुभएछ । त्यो समाधान होइन । रुख काटेर समाधान हुँदैन । बाँदर मारेर पनि समाधान हुँदैन । बाँदर निकासी गरेर पनि समाधान हुँदैन । वन्ध्याकरण गर्नुप¥यो भनेर पनि भन्न थालेका छन् । त्यो पनि समाधान होइन । समाधान के हो त भन्दा जो पीडित छन्, ति पीडितहरु त्यो क्षेत्रमा पुगेर र हाम्रो अवस्था के छ, त्यो हेरेर हाम्रो सांस्कृतिक परम्पराका कुरालाई पनि ध्यान दिएर के हो त समाधान ? हामी समाधान यसरी हेर्न सक्नुप¥यो ।’

उनले वन्यजन्तु संरक्षणका सन्दर्भमा रहेका ऐन, कानुनहरुलाई समय अनुकुल संशोधन गर्न आवश्यक रहेको धारणा पनि राखे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ