arrow

कोशीको राजनीतिले गठबन्धनमा तरङ्ग, राष्ट्रिय यसभा निर्वाचनबारे छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १६ मंगलबार
gathabandhan-2080-03-21.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सत्तासाझेदार दलले यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनको समीक्षा गरेका छन् । प्रधानमन्त्रीको निवासमा मंगलबार साँझ भएको बैठकमा उक्त निर्वाचन र प्राप्त नतिजाबारे छलफल भएको थियो । 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभा निर्वाचन र परिणामको विषयमा समीक्षा भएको जानकारी दिए । “गठबन्धनको बैठकमा कोशी प्रदेशमा सत्ता गठबन्धनले सिट गुमाएको विषयलाई लिएर गम्भीर छलफल भएको छ”,  उनले भने ।

बैठकले कोशी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवार पराजित हुनु अप्रत्याशित भएको निष्कर्षसमेत निकालेको छ । कोशी प्रदेशको  परिणाम अप्रत्याशित भएकाले त्यसमा गम्भीर छलफल गर्नुपर्ने उनले बताए । 

नेता लेखकले कोशी प्रदेशमा सत्तारुढ गठबन्धनको उम्मेदवार पराजयको विषयले गठबन्धनको समीकरणमा फरक नपर्ने बताउनुभयो । “गठबन्धनका उम्मेदवार पराजयको विषयप्रति प्रारम्भिक छलफल भएको छ, गठबन्धन एकजुट छ, यसले गठबन्धनमा प्रभाव पार्ने स्थिति छैन”, नेता लेखकले भने । 

बैठकमा माओवादी केन्द्रका नेताहरुले कोशीमा कांग्रेसले धोका दिएको आरोप लगाएका थिए । तर अन्य क्षेत्रमा कांग्रेसले मतले पाँच माओवादीका उम्मेदवारले चुनाव जितेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ