arrow

तत्काल मन्त्रिमण्डल फेरबदल नहुने [भिडियो]

मन्त्रीहरूको पर्फमेन्स देखाउनुपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १७ बुधबार
dhanraj-gurung-10-16.jpg

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताएका छन् । 

मन्त्रीहरूको कार्य प्रगतिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री फेर्ने बताए पनि कांग्रेस उपसभापतिसमेत रहेका मन्त्री गुरुङले तत्काल मन्त्री मण्डल परिवर्तन हुने अवस्था नरहेको बताएका हुन् । 

नेपाल प्रेस युनियन रुपन्देहीले बुधवार बिहान बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले सत्तारुढ दलका नेताहरुबीच तत्काललाई अहिलेकै मन्त्रीमण्डल सही रहेकाले परिवर्तन गरिरहन आवश्यक नपर्ने सहमति भएको बताए । 

मन्त्री गुरुङले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा भएको ‘क्रसभोट’ले गठबन्धनभित्र तरङ्ग ल्याए पनि खासै असर नपार्ने बताए । कोशीमा भएको घटनाले गठबन्धन दलभित्र गम्भीर समीक्षा शुरू भएको मन्त्री गुरुङले बताए ।

उनले भने, ‘सत्तारूढ दलका नेताहरूबीच छलफल गर्दा अहिलेलाई यही ठिक छ । तर मन्त्रीहरूको पर्फमेन्स चाहिँ देखाउनुपर्छ भन्ने भएको छ । मन्त्रीहरू तत्कालका लागि मन्त्री फेरबदल हुँदैन ।’

मन्त्री गुरुङले सङ्क्रमणकालीन न्यायसम्बन्धी टिआरसी विधेयकको विषय सहमतिकै आधारमा टुङ्गो लगाउने गरी आफू क्रियाशील रहेको बताए । 

सकभर सहमति नभए प्रक्रियामा गएर भए पनि टीआरसी विधेयक अबको अधिवेशनबाटै टुङ्गो लाग्ने मन्त्री गुरुङको भनाइ छ । 

हिउँदे अधिवेशनमा सरकारले धेरैभन्दा धेरै विधेयकहरू लैजाने तयारी गरेको मन्त्री गुरुङले जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ