arrow

मन्त्री फेरबदलमा माधवको धारणा

मन्त्री नै फेर्नु छ भने जुन दिन फेर्नु छ ठ्याक्कै फेरिहाल्ने हो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २४ बुधबार
madhav-nepal-cabinets.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिले प्रधानमन्त्री फेर्ने विषयमा छलफल पनि गर्न नहुने टिप्पणी गरेका छन् । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री फेरबदल गर्ने धारणा सार्वजनिक गरिरहेका बेला अध्यक्ष नेपालले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले कामै गर्न नसक्ने भएकाले यस विषयलाई अहिले छलफलको विषय बनाउन नहुने तर्क गरेका हुन् । 

बुधबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले मन्त्री नै फेर्नु छ भने पनि सञ्चारमाध्यमलाई समेत थाहा नदिई खुसुक्क फेर्नुपर्ने बताए । प्रधानमन्त्री दाहालले सरकारको आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम तय गर्नुपर्ने भएकाले प्रधानमन्त्री फेरबदलको विषय तत्कालका लागि छलफलको विषय हुनै नसक्ने अध्यक्ष नेपालको भनाई थियो । उनले राष्ट्रिय सभा अध्यक्षको चयनमा सत्तारुढ दलहरुबीच विवादको विषय नबन्ने जिकिर समेत गरे ।

अध्यक्ष नेपालले भने, ‘मेरो सामुन्नेमा त कसैले पनि दाबी गरेको छैन । कुनै पार्टीले पनि दाबी गरेको मैले सुनेको छैन । अब व्यक्ति विशेषको चाहना होला, पार्टी विशेषको पनि होला । त्यो भयो भने छलफलमा आउँला । आइसकेपछि उपयुक्त, योग्य व्यक्तिहरू । सबभन्दा पहिले त दावी त आउनु पर्‍यो । दाबी नै नभई फलाना कि फलाना किन भन्नु ? जब सहमतिबाटै भइसकेपछि त विवाद गर्ने विषय नै बन्दैन । यो अहिलेको विषय भनेको अहिलेमा देशमा प्रधानमन्त्री हुनुहुन्छ । उहाँले संसद्को यो नयाँ अधिवेशनमा आफ्नो नीति, कार्यक्रम त्यसपछि बजेट यी सबै ल्याउनुपर्ने छ । यस्तो बेलामा को–को प्रधानमन्त्री भनेपछि वर्तमान प्रधानमन्त्रीले काम गर्न सक्नुहुन्छ ? त्यसो हुनाले प्रधानमन्त्री वा मन्त्री सकैको बारेमा हामीले बाटा घाटामा छलफल गर्नुहुँदैन । मन्त्री नै फेर्नु छ भने जुन दिन फेर्नु छ, ठ्याक्कै फेरी हाल्ने हो । मिडियालाई खुसुक्क थाहा दिनु पनि हुँदैन । आवाज उठाउन पाइन्छ । दिनुपर्छ । संविधानको विरुद्धमा कसैले चुनौती दिन्छ भने सामना गर्ने हो । होइन भने संविधान प्रदत्त अधिकारको प्रयोग गर्न पाइन्छ । यो देशमा गणतन्त्रलाई फाल्न खोज्यो भने बेग्लै कुरा हो । अब संविधानलाई नै उखेलेर फाल्न खोज्यो भने बेग्लै कुरा हो । तर न्यायको निम्ति, अधिकारको निम्ति । भनौँ अत्याचारका विरुद्धको आवाज बुलन्द गर्नका निम्ति पाउनुपर्छ ।’

अध्यक्ष नेपालले न्यायको निम्ति, अधिकारको निम्ति लडनेहरुलाई कसैले पनि प्रतिबन्ध लगाउन नमिल्ने बताए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ