arrow

जादुगर हुँ भन्दै आएर नयाँ दलले संविधानमाथि प्रहार गरे : गगन थापा [भिडियो]

यसलाई टुलुटुलु हेरेर बस्ने होइन, चिनेर चिर्ने हो

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २६ शुक्रबार
gaganthapa-2080-10-25.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ राजनीतिक दलहरूबाट पनि संविधानमाथि प्रहार भइरहेको बताएका छन् । शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनले निर्वाचनमा भग लिएको जस्तो देखिए पनि इतिहासलाई मेटाउने, सङ्घर्षका दिनहरूलाई मेटाउने काममा लागेको बताए । उनले आफू जादुगर हुँ भन्दै आउनेहरू लोकरिजाँईको राजनीति गरेर संविधानमाथि निरन्तर प्रहार गरिरहेको बताए । 

उनले संविधानमाथि प्रहार गर्नेहरूलाई चिनेर चिरफार गर्नुपर्ने बताए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति लक्षित गर्दै विगतको अँध्यारोको बारेमा चर्चा गरेर अहिलेको कामलाई ओझेलमा पार्ने काम गरिरहेको बताए ।

उनले भने, ‘आज हाम्रो संविधानमाथि आएका प्रहार कहाँबाट आएका छन् । एउटा प्रहार र कोण छ, त्यो नयाँ, नचिनेको र नहराएको पात्र होइनन् । तिनको हातबाट खोसेर जनताको यो संविधान बनाएका हो । तिनलाई यो व्यवस्था मन पर्दैन भन्ने राम्रोसँग थाहा छ । तिनीहरू हिजोको अँध्यारोको बारेमा चर्चा गर्दछन् भन्ने पनि राम्रोसँग थाहा छ । त्यो पुनरुत्थानवादी प्रवृत्ति हिजो पनि थियो, आज पनि छ र त्यसलाई हामीले चिन्नुपर्छ । योसँगै अर्को एउटा प्रवृत्ति आएको छ । जसले हेर्दै गर्दा संविधान मानेको जस्तो देखिन्छ । जसले निर्वाचनमा भग लिएको जस्तो देखिन्छ तर ख्याल गर्ने हो हामीले भने यसले हाम्रो इतिहासलाई डिसमिस गर्दछ । यसले हाम्रो सङ्घर्षका दिनहरूलाई डिसमिस गर्दछ । यसले गणेशमान मान्दैन, यसले बिपी कोइराला मान्दैन । यसले २०४६ सालको आन्दोलन मान्दैन । यसले ०६२ सालको आन्दोलन मान्दैन । यसले हाम्रो सङ्घर्षको उपहास गर्दछ । यसले विधि, प्रक्रिया मान्दैन । म जादुगर हुँ भनेर आउँछ । यो पनि यो लोकरिजाँईको राजनीति पनि यसले पनि संविधानमाथि लगातार प्रहार गरिरहेको छ । संविधान माथिको प्रहारहरू छ भनेर यसको विवेचना गर्ने यसलाई टुलुटुलु हेरेर बस्ने होइन, चिनेर चिर्ने हो ।’

महामन्त्री थापाले नेपाली कांग्रेसलाई देशमा सङ्कट छ भन्ने छुट नरहेको बताए । उनले देश सम्हाल्ने काम कांग्रेसको भएको बताए । उनले सुशासनलाई पार्टीले मन्त्र बनाएर अघि बढ्नुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ