arrow

नेपाल–क्यानडा श्रृंखला

क्यानडाविरुद्धको दोस्रो खेल पनि जित्यो नेपालले

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २७ शनिबार
nepal-cricket-2024-02-10.jpg

काठमाडौँ । नेपालले क्यानडा विरुद्धको अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट शृङ्खला अन्तर्गत दोस्रो खेल पनि जितेको छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ४ विकेटले जितेको हो । 

२८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै पूरा गरेको हो।यो खेल जित्दै नेपालले तीन खेलको शृङ्खलामा २–० को अग्रता लिएको छ । 

आजको खेलमा कप्तान पौडेलले सर्वाधिक ८७ रन बनाए।क्यानडा विरुद्धको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले हराएको थियो । 

नेपाललाई जिताउन कप्तान रोहित पौडेल एक्लैले ४ विकेट लिएका थिए । २२५ रनको चुनौती लिएर मैदानमा उत्रिएको क्यानडाले ४७.५ ओभरमा अलआउट हुँदै २१७ रन बनाएको थियो ।  योसँगै एक खेल बाँकी रहँदै नेपालले शृङ्खला आफ्नो पोल्टामा पारेको छ । 

घरेलु मैदान कीर्तिपुरमा नेपालले दोस्रो खेलमा क्यानडालाई हराउँदै तीन खेलको शृङ्खलामा २–० को अग्रता बनाएको हो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेल र देव खनालले एक सय ५० रनको साझेदारी गरे । त्रिवि क्रिकेट मैदानमा दुई सय ८६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा ग¥यो । तीन ब्याटर ओपनर अनिल साह, कप्तान रोहित र देवले अर्धशतक बनाउँदा नेपालले सहज जित निकाल्यो । अनिलले ५० रन, रोहितले ८७ रन र देवले ७६ रनको योगदान दिए ।

ओपनर अनिलले आक्रामक ब्याटिङ गर्दै नेपाललाई राम्रो शुरुवात दिलाए । उनले पहिलो विकेटका लागि आसिफ सेखसँग ५५ रनको साझेदारी गरे । अनिलको आक्रामक ब्याटिङप्रेरित नेपालले ४.४ ओभरमा नै यो साझेदारी बनाएको हो । ईश्वरज्योत सोहीले आसिफलाई १० रनमा नै आउट गर्दै पहिलो झड्का दिए । दोस्रो विकेट पनि सोहीले नै लिए । थप ९ रन जोड्दा अनिल आउट हुन पुगे । २० बल खेलेका अनिलले सात चौका र तीन छक्का प्रहार गरे । ६.३ ओभरमा नेपाल ६४÷२ को अवस्था पुग्यो ।

तर, त्यसपछि कप्तान रोहित र देवले धैर्यपूर्वक ब्याटिङ गर्दै नेपाललाई जितको आधार बनाए । हर्ष ठाकरेले ३४ औँ ओभरमा देवलाई कट एन्ड बोल्ड गर्दै साझेदारी तोडे । देवले ८१ बलमा सात चौका र दुई छक्का प्रहार गरे । रोहितले चौथो विकेटका लागि भीम सार्कीसँग ३९ रनको साझेदारी गर्दै जिततर्फ अग्रसर गराए । ४० औँ ओभरमा भीम २३ रनमा दिलप्रित बाज्वाद्वारा आउट भए । उनले २१ बलमा चार चौका हिर्काए । त्यसपछि १४ रन जोड्दा नेपालले थप दुई विकेट गुमाए । क्यानडाका कप्तान साद बिन जफरले  कप्तान रोहितलाई आउट गर्दै पाँचौँ विकेट दिलाए ।

रोहितले १०१ बल खेल्दै आठ चौका र चार छक्का प्रहार गरे । त्यसपछि आएका पवन सर्राफ पनि दुई चौका र एक छक्कासहित १४ रन बनाएर आउट भए । तर सोमपाल कामी र कुशल मल्ल समान ९ रनमा अविजित रहँदै जित दिलाए । क्यानडाको बलिङमा हर्ष र सोहीले समान दुई विकेट लिँदा कप्तान साद र दिलप्रीतले समान एक विकेट निकाले । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले शुरुदेखि नै आक्रामक ब्याटिङ ग¥यो । मध्य ओभरमा नेपाली बलरले दबाब बनाए पनि क्यानडाले निर्धारित ५० ओभर नै खेल्दै ९ विकेटको क्षतिमा दुई सय ८६ रनको लक्ष्य प्रस्तुत ग¥यो ।

क्यानडाका शीर्ष क्रमको ब्याटिङ चलेपछि नेपालले चुनौतीपूर्ण लक्ष्य पाएको हो । क्यानडाका ओपनरद्वय आरोन जोनसनले सर्वाधिक ६५ रन र नवनित धलिवालले ४६ रन बनाए । आक्रामक ब्याटिङ गर्दै यो जोडीले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरे । डेब्युटेन्ट आकाश चन्दले नवनितलाई विकेटकिपर आसिफ सेखबाट क्याच गराउँदै यो साझेदारी तोडे । नवनितले ६० बलमा ६ चौका प्रहार गरे । २३औँ ओभरमा आरोन रनआउट भए । ६२ बल खेलेका आरोनले १० चौका र दुई छक्का प्रहार गरे ।

ओपनरद्वय पभेलियन फर्किएपछि नेपालले रनको गति कस्न थाल्यो । यद्यपि पर्गत सिंह र निकोलस कीर्तनले धैर्यपूर्वक ब्याटिङ गरे । यो जोडीले तेस्रो विकेटका लागि ५३ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाए । कप्तान रोहितकुमार पौडेलले पगर्तलाई ३८ रनको आउट गर्दै साझेदारी तोडे । ३१.२ ओभरमा क्यानडा १७९÷३ को स्थितिमा थियो । थप १४ रन जोड्दा दुई विकेट गुमाएपछि क्यानडा दबाबमा प¥यो । यस क्रममा किर्तन २० रनमा र हर्ष ठाकरे ३ रनमा नै पभेलियन फर्किए । यससँगै ३४.५ ओभरमा क्यानडा १९३÷५ को अवस्थामा पुग्यो । त्यसपछि नेपालका बलरले कसिलो गर्दा क्यानडाले समालिएर खेल्ने प्रयास ग¥यो ।

तर कुशल मल्लले दिलप्रीत बाज्वालाई १९ रनमा बोल्ड गर्दै क्यानडाको छैटौँ विकेट पतन गराए । दिलप्रितले २० बलमा दुई छक्का र एक चौका हिर्काए । कुशलले लगत्तै कप्तान साद बिन जफरलाई १ रनमै पभेलियन फर्काउँदै खेलमा पकड जमाए । ४१ औँ ओभरमा क्यानडा २१६÷७ को स्थितिमा पुग्यो । तर विकेटकिपर श्रेयस मोभ्भाले आठौँ र नवौँ विकेटका लागि साझेदारी गर्दै क्यानडालाई राम्रो योगफलतर्फ अग्रसर गराए । श्रेयसले क्रमशः साहिद अहमदजाईसँग २३ रन र उदय भागवानसँग ४६ रनको महत्त्वपूर्ण साझेदारी गरे ।

साहिद १३ रनमा पवन सर्राफद्वारा बोल्ड भए । श्रेयस ४० रनमा इनिङको अन्तिम बलमा आउट भए । सोमपालाद्वारा आउट हुनुअघि श्रेयसले ४० बलमा चार चौका प्रहार गरे । उदय २० रनमा नटआउट रहे । उनले १५ बलमा समान एक चौका र छक्का हिर्काए । नेपालको बलिङमा रोहित र कुशलले समान दुई विकेट लिँदा सोमपाल, सूर्य तामाङ, आकाश चन्द र पवनको नाममा समान एक विकेट रह्यो । नेपालले अब तेस्रो तथा अन्तिम खेल आगामी सोमबार खेल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ