arrow

शक्ति, ज्ञानेन्द्र र रिजनले पास गरे आईसीसीको लेभल–२ कोचिङ कोर्स

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १ मंगलबार
blevel-cricket.jpg

काठमाडौँ । नेपालका पूर्व क्रिकेट कप्तान ज्ञानेन्द्र मल्लसहित तीन जनाले आईसीसीको लेभल–२ कोचिङ कोर्स पास गरेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन र रिजन प्राजूले आईसीसीको लेभल–२ को कोचिङ कोर्स उत्तीर्ण गरेका हुन् ।

सिंगापुरमा सम्पन्न कोचिङ कोर्समा ज्ञानेन्द्र शीर्ष स्थानमा रहेका थिए भने शक्ति दोस्रो र रिजन तेस्रो भएको क्यानले जनाएको छ ।

आईसीसीको लेभल २ तहको कोचिङ कोर्स उत्तीर्ण गरेपछि अब तीनै जनाले स्थानीय, जिल्ला र प्रदेशस्तरको तथा जुनियर तहका क्रिकेट खेलाडीलाई कोचिङ गर्न सक्नेछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ