arrow

शिक्षा प्रणालीमा एआई पाठ्यक्रम लागू

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १ मंगलबार
artificial-i-educationHK.jpg

कोलम्बो । श्रीलङ्काको मन्त्रिपरिषद्ले शिक्षा प्रणालीमा कृत्रिम बौद्धिकता (एआई) का धेरै पाठ्यक्रम लागु गर्ने प्रस्तावलाई स्वीकृति दिएको सरकारको सूचना विभागले मङ्गलबार जनाएको छ ।

उक्त प्रस्ताव कृत्रिम बौद्धिकतासँग सम्बन्धित राष्ट्रिय रणनीति तथा योजनाको निर्माणका लागि नियुक्त कार्यदलको सिफारिसमा गरिएको विभागले जनाएको छ । विभागका अनुसार परियोजनालाई माइक्रोसफ्ट इन्स्टिच्युटको सहयोगमा कार्यान्वयन गरिने छ । 

परियोजनाको एक हिस्साका रूपमा मन्त्रिपरिषद्ले श्रीलङ्का नेसनल इन्स्टिच्युट अफ एजुकेसनको सिफारिसका आधारमा माइक्रोसफ्ट इन्स्टिच्युटले हाल लागू गरेको अन्तर्राष्ट्रिय पाठ्यक्रमलाई संशोधन गर्न आवश्यक आधारभूत मानव संशाधन उपलब्ध भएका विद्यालयहरूमा कक्षा ८ देखि प्रस्तावित पाइलट परियोजना शुरु गर्न स्वीकृति दिएको विभागले बताएको छ । 

मन्त्रिपरिषद्ले माइक्रोसफ्ट इन्स्टिच्युटले दिने सुविधाअन्तर्गत पाइलट परियोजनाका लागि छनोट गरिएका विद्यालयको डिजिटलीकरण तथा एक सय जना सूचना एवं सञ्चार प्रविधि विषयका शिक्षकहरूलाई प्रशिक्षण दिने प्रस्तावलाई पनि स्वीकृति दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ