arrow

सांसद शर्माको पत्रकार सम्मेलन

कांग्रेस कानमा तेल हालेर बस्न मिल्दैन, आफ्नै नेतृत्वको सरकार बनाउनुपर्छ [भिडियो]

नसके कांग्रेसका लागि आउने दिनहरू कठिन छन् 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ५ शनिबार
sunil-sharma-11-05.jpg

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माले आफ्नो पार्टी नेतृत्वको सरकार निर्माण गर्ने काममा विलम्ब गर्न नहुने बताएका छन् ।  पार्टीको फागुन ७ गतेदेखि शुरु हुने महासमिति बैठकका आफूले छुट्टै पेस गर्ने प्रस्ताब शनिवार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै उनले सो कुरा बताएका हुन् । 

वर्तमान अप्राकृतिक गठबन्धनका कारण नेपाली कांग्रेस जनताप्रतिको जिम्मेवारीबाट विमुख भएको प्रश्न उठिरहेको दाबी गर्दै सांसद शर्माले पार्टीको रूपान्तरण र आफू नेतृत्वको जनमुखी सरकार निर्माण गरी जनताको भरोसायोग्य पार्टी निर्माण गर्नुपर्ने आफ्नो प्रस्ताव रहेको पनि स्पष्ट पारे । भ्रष्टाचार र कुशासनले थिलथिलो भएको राज्य संयन्त्र र सीमित व्यक्तिको कब्जामा रहने पार्टी प्रणाली र सरकार निर्माणको ढाँचा र मुलुकको वर्तमानका यावत समस्याका सम्बन्धमा नेपाली कांग्रेस कानमा तेल हालेर बस्न नमिल्ने उनको भनाई थियो । 

सांसद शर्माले लोकप्रियतावादीहरू र अतिवादीहरू नेपाली कांग्रेसका मुख्य चुनौती रहेको भन्दै जनप्रिय, जनताको भरोसायोग्य पार्टी बनाउने र आफ्नो नेतृत्वको जनमुखी सरकार निर्माण गर्ने कुरामा विलम्ब गर्न नहुने बताए ।

उनले भने, ‘भ्रष्टाचार र कुशासनले थिलथिलो भएको राज्य संयन्त्र र सीमित व्यक्तिको कब्जामा रहने पार्टी प्रणाली र सरकार निर्माणको ढाँचा र मुलुकको वर्तमानका यावत समस्याका सम्बन्धमा नेपाली कांग्रेस कानमा तेल हालेर बस्न मिल्दैन । कांग्रेस आफ्नो नीतिमा प्रस्ट हुन जरुरी छ । कांग्रेसले आफू नीतिमा प्रस्ट हुनुपर्छ । र आफू सम्मिलित सरकारलाई सुशासन, डेलिभरीसहित जनमुखी बनाउनु पर्छ । नसके कांग्रेसका लागि आउने दिनहरू कठिन छन् । लोकप्रियतावादीहरू र अतिवादीहरू अहिले नेपाली कांग्रेसका मुख्य चुनौती हुन् । कांग्रेसले जनप्रिय, जनताको भरोसायोग्य पार्टी बनाउने र आफ्नो नेतृत्वको जनमुखी सरकार निर्माण गर्ने कुरामा विलम्ब गर्नुहुँदैन । अप्राकृतिक गठबन्धनका कारण नेपाली कांग्रेस अहिले जनताप्रतिको जिम्मेवारीबाट विमुख भइराखेको भनेर जनताले प्रश्न उठाइराखेका छन् । मैले नेपाली कांग्रेसका रूपान्तरण र कांग्रेसको नेतृत्वमा जनमुखी र जनताप्रति उत्तरदायी निर्माण गरी जनताको भरोसायोग्य पार्टी निर्माणका लागि महासमिति बैठकका लागि प्रस्ताव ल्याएको छु ।’

सांसद शर्माले वर्तमान गठबन्धनको अन्त्य गरी सरकार निर्माणको ढाँचा बदल्ने कुरामा कांग्रेसले बेवास्ता गर्न नमिल्ने जिकिर पनि गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ