arrow

गगन थापाको टिप्पणी

भागबन्डाको आधारमा नै उपकुलपति नियुक्ति गर्ने तयारी, खुला प्रतिस्पर्धा भनेर जनता झुक्याउने काम [भिडियो]

उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीको नियत खराब

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ७ सोमबार
gagan-thapa-11-07.jpg

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्ने प्रक्रियामा नागरिकलाई झुक्याउने काम गरेको आरोप लगाएका छन् । सोमबार उनले सरकारले केही दिनभित्रै राजनीतिक भागबन्डाको आधारमा नै उपकुलपति नियुक्ति गर्ने तयारी गरिरहेको तर खुला प्रतिस्पर्धा भनेर जनतालाई झुक्याउने काम गरेको बताएका हुन् । 

उनले विश्वविद्यालयको नेतृत्व चयनदेखि पठनपाठन लगायत धेरै विषयमा सुधार गर्नुपर्ने भए पनि प्रधानमन्त्रीले पुनः गल्ती दोहर्‍याएको दाबी गरे । उनले उपकुलपति नियुक्ति प्रक्रियामा प्रधानमन्त्रीको नियत नै ठिक नभएको जिकिर गरे । उनले प्रधानमन्त्री दाहाललाई खुला प्रतिस्पर्धाबाट नै उपकुलपति चयन गरेको छु भन्ने सोचेर सबैलाई झुक्याएको जस्तो लागे पनि आफैँ झुक्किरहेको बताए । 

उनले अहिले खुला प्रतिस्पर्धा भनिए पनि नियत भागबन्डाकै राखिएको बताए । महामन्त्री थापाले प्रधानमन्त्रीले चाहेको खण्डमा अझै पनि नयाँ प्रक्रिया थालनी गरेर योग्य व्यक्तिलाई उपकुलपति बनाउन सकिने बताए । उनले प्रधानमन्त्रीले अहिले पाएको मौकाको सदुपयोग नगर्नु भनेको आफैँ झुक्किनु रहेको बताए ।

उनले भने, ‘हाम्रो विश्वविद्यालयको अवस्था बिजोग छ । विश्वविद्यालयको नेतृत्व चयनदेखि यसको पठनपाठन लगायतका थुप्रै विषयमा सुधार गर्नुपर्नेछ । जुन अब संसद्मा केही समयपछि आउने उच्च शिक्षालाई हेर्ने विधेयक जुन आउँछ । त्यसमा काम गरिसकेपछि यसको प्रबन्ध हुन्छ । तर यो कानून बन्न अझै पनि कम्तीमा एक डेढ वर्ष लाग्छ । यहाँ समस्या के भयो भने त्यो कानून बन्नु भन्दा पहिला नै त्रिभुवन विश्वविद्यालय लगायतको सबै विश्वविद्यालयहरूको नेतृत्व रिक्त भयो । अब हामी अहिले कानून एक वर्षपछि बनाउँला । तर अहिले आएको नेतृत्वले त ५ वर्ष काम गर्दछ । अर्को ४ देखि ५ वर्ष विश्वविद्यालय पहिलाको जस्तै अस्तव्यस्त हुन्छ । त्यो भएकाले हामीले प्रधानमन्त्रीलाई भेटेर विभिन्न माध्यमबाट यो विषयमा करिव करिब ६ पटक त मैले नै भेटेर कुरा गरेँ । अरू माध्यमबाट अरूले पनि कुरा त गरे नै । कानून आउँछ, त्यसलाई हामी ठिक बनाउँछौँ । तर यो पटक मौका आएको छ भन्ने अनुरोध गरेका थियौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति सही चयन गरिदिनुस् । यस्तो व्यक्ति चयन गरिदिनुस् की त्यो नेतृत्व चयन भएको नेतृत्वलाई हेरेर अरू विश्वविद्यालयको सुधारको नयाँ अध्याय प्रारम्भ भयो भन्ने सबैलाई एउटा विश्वासको वातावरण बनोस् । यो बीचमा अनि कानून बनाएर ठिक बनाउँला । त्रिभुवन विश्वविद्यालयको नेतृत्व ठिक आयो भने बाँकी रहेको नेतृत्व ठिक आइहाल्छ । प्रधानमन्त्रीले यसलाई सकारात्मक रूपमा लिनुभयो र पटक पटक सङ्कल्प पनि गरे । अस्ति बीचमा प्रक्रिया अलिकति बिग्रियो भनेर उनले सच्याउने निर्देशन पनि दिनुभयो । तर अहिले नामहरू सिफारिस भएर जुन हतारपतार सिफारिस भएर जुन ठाउँमा ल्याइएको छ, यसबाट स्पष्ट के भयो भने फेरि एक पटक सरकारमा बसेको दलहरूमा मेरो दल पनि छ । जसरी यो भन्दा पहिला दलहरूको बीचमा विश्वविद्यालयको भागबन्डा हुन्थ्यो । फेरि यसलाई भागबन्डामा लगेर टुङ्ग्याउने करिब निधोमा पुग्नुभयो । मलाई उदेक लागेको कुरा जताततै हामी भाषण गर्छौँ । सबैकुरा बिग्रियो, भत्कियो भनेर । सच्याउने मौका पनि हामी पाउँछौँ । यही विश्वविद्यालयको सन्दर्भमा । कांग्रेसको महामन्त्री र सांसद पनि हुँ म । हामी सबै जना प्रधानमन्त्रीलाई वातावरण बन्दियोस्, हामी जहिल्यै भाग माग्नुपर्ने हो । भागबन्डा नगरौँ, रोकौँ भनेर वातावरण बनाइरहेका छौँ । यत्रो वातावरण बनेको बेलामा, यस्तो उच्च शिक्षामा बेथिति भएको बेलामा यो बेलामा पनि यो अधिकारको प्रयोग नगर्ने ? यो बेलामा पनि नियत नराख्ने । त्यसैले मेरो आग्रह अहिले पनि सबै कुरा बिग्रिसकेको छैन । अहिले पनि प्रधानमन्त्रीले यतिखेर विश्वविद्यालय नियुक्तिका सन्दर्भमा प्रक्रिया सतहमा मिलेको देखिए पनि जे अपेक्षा गरिएको थियो, त्यो अपेक्षाअनुरूप भएको छैन । त्यस कारण म विश्वविद्यालयको कसले नेतृत्व गर्ने भन्ने कुरा म यसरी भागबन्डा गर्दिन, म नेतृत्व चयन ठिक ढङ्गले गर्छु भनेर अहिले पनि उनले नयाँ प्रक्रिया थालनी गर्न सक्नुहुन्छ । अहिले पनि खोजेर ल्याएको उपकुलपति बनाउन सक्नुहुन्छ । यो अधिकार कानुनले दिएको छ । अझै पनि उनको गर्ने इच्छाशक्ति छ भने यो बिन्दुबाट पनि उनले सच्याउन सक्नुहुन्छ । सच्याउनु भएन र भागबन्डा नै गरे भने भोलि गएर उनले यो विषयका बारेमा अनेकन ठाउँमा गएर उच्चशिक्षा राम्रो बनाउनुपर्छ, विश्वविद्यालय राम्रो बनाउनुपर्‍यो भन्ने कुराको कुनै पनि तुक रहँदैन । हामीले प्रश्न उठाउनुपर्ने कुरा नियतमा हो । प्रक्रियाको सन्दर्भमा के रहन्छ भने यो विषयको सन्दर्भमा विश्वविद्यालयको उपकुलपति लगायतका विषयको सन्दर्भमा मेरो नियत के हो ? नियुक्त गर्ने मानिसको नियत जसरी पनि मेरो मान्छे बनाउँछु, उपकुलपति मसँग नजिक भएको बनाउँछु, उपकुलपति बनाएपछि रजिस्टार सत्तामा भएको अरू दललाई भागबन्डा गर्दछु । त्रिभुवन विश्वविद्यालय मेरो दलले लिएकोले गर्दा अर्को विश्वविद्यालय अर्को दललाई दिन्छु, यसरी नै चल्दै आएको हो । जसले विश्वविद्यालय अस्तव्यस्त छ । अब झुक्याउन खोज्यौँ । नियत त्यो राखिसकेपछि अहिले प्रक्रिया पुग्यो भन्दै गर्दा भागबन्डा गर्दै गर्दा पनि यो भन्दा पहिला पनि भागबन्डा गर्दा खुला प्रतिस्पर्धा गर्दिन भनेको बेलामा पनि विश्वविद्यालयको जुन क्षेत्राधिकार छ, उपकुलपति हुनलाई यति वर्ष, अध्ययन गरेको, गराएको त्यो भन्दा बाहिरको मानिस त कसैले ल्याएर अहिलेसम्म गराएको होइन । यो भन्दा पहिला पनि योग्यता पुगेकै मान्छे बनाएको हो, नियत ठिक नराखेको हो । अहिले खुला प्रतिस्पर्धा गर्छु भनियो तर नियत भागबन्डाकै राखियो । जस कारण परिणाम एउटै आउने भयो । झोक्याइयो । अहिले त मन सफा गरेर सुधारको सङ्केत दिने मौका पाएको बेलामा प्रधानमन्त्रीज्यूलाई सबैलाई झुक्याएँ भन्ने लागेको होला, आफैँ झुकिरहनु भएको छ । मौकाको सदुपयोग नगर्नु भनेको आफैँ झुक्किनु हो ।’

महामन्त्री थापाले आफूले प्रधानमन्त्रीलाई खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ति उपकुलपति बनाउन बारम्बार आग्रह गरे पनि प्रधानमन्त्रीले भागबन्डाकै आधारमा नै नियुक्ति गर्न लागिएको भन्दै आपत्ति जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ