arrow

असान्जेलाई अमेरिका पठाइए मृत्यु हुने श्रीमतीको चेतावनी, भएनन् मुख्य सुनुवाइमा उपस्थित

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ९ बुधबार
julian-assange.jpg

काठमाडौँ । विकिलिक्सका संस्थापक जुलियन असान्जे मङ्गलबार बिरामीका कारण गोप्य सैन्य तथा कूटनीतिक फाइलहरू प्रकाशित गरेको अभियोगमा अमेरिकामा सुपुर्दगीविरुद्धको आफ्नो अन्तिम पुनरावेदनको सुनुवाइमा लन्डनको एक अदालतमा अनुपस्थित भएका छन् ।

दुई दिने सत्रको सुरुआतमा असान्जेका वकिल एडवर्ड फिट्जगेराल्डले लन्डनको उच्च अदालतलाई ५२ वर्षीय असान्जेको स्वास्थ्य ‘आज ठिक नभएको’ र उन व्यक्तिगतरूपमा वा भिडियो लिङ्कमार्फत सुनुवाइमा सहभागी नहुने बताए । 

सुनुवाइ हुनुभन्दा अघि नै पुगेर असान्जेकी श्रीमती स्टेलाले प्रदर्शनकारीहरूको भिडलाई धन्यवाद दिँदै भनिन्, “कृपया आइराख्नुहोला, जबसम्म जुलियन मुक्त हुनुहुन्न तबसम्म जुलियन र हाम्रा लागि त्यहाँ रहनुहोला ।” अदालत बाहिर भिडले ‘फ्रि जुलियन असान्जे’ भन्ने नारा लगाएका थिए । 

विकिलिक्सले सन् २०१० मा इराक र अफगानिस्तानमा अमेरिकी नेतृत्वमा भएको युद्धसँग सम्बन्धित फाइलहरू प्रकाशन गरेकामा सन् २०१८ र सन् २०२० को बीचमा धेरै पटक आरोप लगाएपछि वासिङ्टनले अस्ट्रेलियाली नागरिक असान्जेलाई सुपुर्दगी गर्न चाहन्छ । 

“हामीसँग दुई ठूला दिन छन्, के आशा गर्ने हामीलाई थाहा छैन तर तपाईं यहाँ हुनुहुन्छ किनकी संसारले हेरिरहेको छ”, स्टेला असान्जेले भनिन्, “उनीहरू यसबाट टाढा रहन सक्तैनन्, जुलियनलाई आफ्नो स्वतन्त्रताको आवश्यकता छ र हामी सबैलाई सत्य आवश्यक छ ।”

असान्जेले लगातार क्रमिकरूपमा आदेशहरू गुमाएपछि बेलायतको अदालतमा लामो समयदेखि चलिरहेको कानूनी गाथा हालैका वर्षहरूमा अब निष्कर्षको नजिक पुगेको छ । यदि यसै साता पुनरावेदन गर्ने प्रयास सफल भयो भने उनसँग लन्डनको अदालतमा आफ्नो मुद्दामा बहस गर्ने अर्को एउटा अवसर हुनेछ जसमा पूर्ण सुनुवाइको मिति निर्धारण हुनेछ ।

यदि उनले हारे भने उनको बेलायतको सबै पुनरावेदन समाप्त हुनेछ र सुपुर्दगीको प्रक्रियामा प्रवेश गर्नेछ । यद्यपि उनको टोलीले युरोपेली अदालतमा पुनरावेदन गर्ने सङ्केत दिएको छ । 

आवश्यक परेको अवस्थामा युरोपेली मानवअधिकार अदालतसँग सुपुर्दगीलाई अस्थायीरूपमा रोक्नका लागि आग्रह गर्ने स्टेला असान्जेले बताइन् । यदि असान्जेलाई अमेरिका पठाइयो भने उनको मृत्यु हुने उनले चेतावनी दिइन् । 

सोमबार उनले बिबिसी रेडियोलाई भने, “भोलि वा पर्सि उन बच्ने वा मर्ने भन्नेबारे तय हुनेछ र उन शारीरिक तथा मानसिकरूपले स्पष्टरूपमा अत्यन्त कठिन अवस्थामा हुनुहुन्छ ।”

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो पूर्ववर्ती डोनाल्ड ट्रम्प प्रशासनअन्तर्गत दायर गरिएको भर्जिनियाको सङ्घीय अदालतमा असान्जे विरुद्धका १८ गणना अभियोगहरू खारेज गर्न घरेलु र अन्तर्राष्ट्रियरूपमा निरन्तर दबाबको सामना गर्नुपरेको छ । 

प्रमुख मिडिया सङ्गठन, प्रेस स्वतन्त्रता अधिवक्ता तथा अस्ट्रेलियाली संसद् १९१७ जासुसी ऐनअन्तर्गत अभियोगको निन्दा गर्नेमध्ये प्रमुख हुन् । उक्त ऐनअन्तर्गत गोप्य सूचनाहरू प्रकाशित गर्न पहिला कहिल्यै प्रयोग गरिएको थिएन । 

यद्यपि वासिङ्टनले मुद्दालाई कायमै राख्दै असान्जे र विकिलिक्सका अन्य मानिस तथा ह्याकरहरूसँग अमेरिकी इतिहासमा ‘वर्गीकृत जानकारीको सबैभन्दा ठूलो सम्झौता’ गर्न सहमत भएको आरोप लगाएको छ । 

सन् २०१९ अप्रिलदेखि दक्षिणपूर्वी लन्डनमा उच्च सुरक्षासहितको वाली बेलमार्श कारागारमा रहेका असान्जेलाई इक्वेडरस्थित लन्डन दूतावासमा सात वर्ष बिताएपछि पक्राउ गरिएको थियो । 

उनी स्विडेनमा सुपुर्दगीबाट बच्नका लागि भागेका थिए। त्यहाँ उनले यौन उत्पीडनको आरोपहरूको सामना गर्नुपरेको थियो । 

उच्च अदालतले उनको सुपुर्दगीलाई रोक लगाएको थियो तर अमेरिकाले उनलाई आफ्नो सबैभन्दा कठोर कारागार ‘एडिएक्स फ्लोरेन्स’ मा कैद नगर्ने वाचा गरेपछि सन् २०२१ मा पुनरावेदनमा भएको निर्णयलाई उल्ट्याइएको थियो । 

अमेरिकाले उनलाई ‘विशेष प्रशासनिक उपाय’ नामक कठोर शासनको अधीनमा नराख्ने वचन दिएको थियो । 

सन् २०२२ मा असान्जेले ‘कानूनको तर्कसङ्गत विन्दु उठाउन असफल भएको’ भन्दै बेलायतको सर्वोच्च अदालतले पुनरावेदन गर्ने अनुमति दिन अस्वीकार गरेको थियो । 

महिनौँपछि पूर्वगृहमन्त्री प्रीति पटेलले औपचारिकरूपमा उनको सुपुर्दगीमा हस्ताक्षर गरे तर असान्जेले अहिले उक्त निर्णय र सन् २०२१ को पुनरावेदन फैसलाको समीक्षा गर्न अनुमति मागिरहेका छन् । 

अमेरिकामा दोषी ठहरिए उनलाई अधिकतम एक सय ७५ वर्षको कारागार सजाय हुनसक्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ