arrow

मुख्यमन्त्रीले थाले हात्ती प्रभावित क्षेत्रको पदयात्रा, सात स्थानमा बास बस्ने 

logo
युवराज रेग्मी,
प्रकाशित २०८० फागुन १० बिहिबार
kedar-karki-stunt.jpg

झापा । कोशी प्रदेशका मुख्यमन्त्री  केदार कार्कीले  झापाको बाहुनडाँगीबाट हात्तीमैत्री पदयात्रा शुरु गरेका छ्न  ।  

विगत लामो समयदेखी झापा मोरङ सुनसरी लगायतका जिल्लामा निरन्तर  हात्तीले पुर्याईरहेको क्षतिलाई नजिकबाट नियाली  सर्बसाधारणले भोगिरहेको समस्यालाई ध्यानमा राख्दै  शुरुगरिएको पदयात्राले हात्ती नियन्त्रण र संरक्षणमा सफलता प्राप्तगर्ने अपेक्षा राखिएको छ  ।

कोशी प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा शुरु पदयात्रामा संघीय सरकारका वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतो, स्थानीय जनप्रतिनिधि, वनका कर्मचारी, पर्यावरणविद्, संरक्षणविद्, सामुदायिक वनका पदाधिकारीलगायत सहभागी छन् ।

 बुधबार देखि शुरु भएको २ सय ४० किलोमिटर दूरीको पदयात्रा थालेको टोली मानव–हात्ती द्वन्द्व समाधान गर्न सरोकारवालाहरुको धारणा बुझ्ने अभिप्रायले ‘हात्तीमैत्री पदयात्रा’ मा होमिएको छ । 

पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका प्रवक्ता अखिलेशकुमार गुप्ताका अनुसार १६ गते समापन हुने गरी पदयात्रा शुरु गरिएको हो ।

हात्ती नियन्त्रण गर्ने दिगो र प्रभावकारी नयाँ उपाय खोज्न सो टोलीले झापाको बाहुनडाँगीबाट उदयपुरको कटारीसम्म तामझामका साथ पदयात्रा शुरु गरेको हो ।

सरकारले जनता, बाली र घर बीमा कार्यक्रम कार्यान्वयन गर्ने योजना बनाइरहेको मुख्यमन्त्री कार्कीले जानकारी दिए । पदयात्रामा प्रदेशका सरकारी एवं गैरसरकारी निकाय, संरक्षणकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, हात्तीविज्ञ, नागरिक समाज एवं आमनागरिकको सहभागिता छ । मुख्यमन्त्री कार्कीले जैविकमार्गका सात स्थानमा रात्रिकालीन विश्राम गर्नेछन् ।

एसियन हात्ती बर्सेनि भारतको आसामबाट मेचीनदी पार गरी झापाको बाहुनडाँगीका विभिन्न चार स्थानबाट नेपाल प्रवेश गर्दछन् । कोशी प्रदेशको झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाभरका हात्ती आवतजावत गर्ने क्षेत्रमा मुख्यमन्त्री कार्कीले पदयात्रा गर्ने तय भएको प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ