arrow

सांसद गोठाला होइनन् : सुनील शर्मा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ११ शुक्रबार
sunil-sharma-11-11.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले समितिको बैठक क्यालेन्डर अनुसार चलाउन माग गरेका छन्  । शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले समितिको बैठक समिति सभापतिलाई मन लागेको दिन बोलाउने काम भएको भन्दै आपत्ति जनाए । उनले समितिको बैठक सञ्चालन सम्बन्धी क्यालेन्डर सांसदहरूलाई दिनुपर्ने बताए । उनले नेपाली नागरिकको पक्षमा कानून बनाउने हो भने महिनामा कति दिन काम गर्ने निश्चित गरेर बैठक बोलाउन माग गरे ।

उनले भने, ‘विद्यालयमा हुँदा पनि यो पिरियडमा यो पढाइ हुन्छ भन्ने कुरा थाहा हुन्थ्यो । सांसद भएर आइयो र समितिको बैठक कहिले हुन्छ भन्ने कुरा हामीलाई यहाँबाट खटाएर एसएमएस गरेपछि लुगाफाटा लगाएर हत्तपत्त नुहाइधुवाई गरेर आउनुपर्ने स्थिति छ । कि त मतदान गरौँ, कि त यो उत्तर कोरियाको पाल्र्यामेण्ट हो भन्नुपर्छ, होइन भने मेजेरिटीको इन्ट्रेसलाई एड्रेस गर्नुपर्छ । बुझ पचाएर बस्न पाइँदैन । तपाईँले क्यालेन्डर दिनैपर्छ । आज यसको उत्तरु पनि दिनुपर्छ, क्यालेन्डर दिने की नदिने, नदिने भए किन ? कि त हामीलाई तिमीहरू कमलरी हौ भन्नुपर्‍यो नत्र हामीले जे भन्यौँ त्यसो गर्नुपर्छ, तिमीलाई हामी क्यालेन्डर दिँदैनौँ, आऊ तिमीहरू भन्नुपर्छ । नत्र हामीलाई गर्ने व्यवहार हली गोठालो जस्तो जति बेला बोलायो, त्यति बेला आइदिनुपर्ने, अनि महिनाभर क्यालेन्डर नदिने । यो हुनु हुँदैन । नेपाली नागरिकको पक्षमा कानून बनाउने हो भने महिनामा कति दिन काम गर्ने निश्चित गरौँ । कति बेला समिति बस्छ भनेर रुँगेर बस्ने हो ।’

सांसद शर्माले सांसदहरू समितिको बैठक कति बेला बस्छ भनेर कुरेर बस्न नसक्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ