arrow

घुस लिँदा रंगे‍हात पक्राउ परेका पाँच जनाविरुद्ध मुद्दा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १२ शनिबार
special-court.jpg
तस्बिर-फाइल

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव र मालपोत कार्यालय ललितपुरका नासु प्रदीप पौडेलसहित पाँच जनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाणपत्र पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग रु दुई लाख ५० हजार बराबर घुस लिँदै गरेको अवस्थामा उनीहरूलाई गत माघ ९ गते पक्राउ गरिएको थियो । 

आयोगले सर्वेक्षक बस्नेत र नासु अधिकारीविरुद्ध रु दुई लाख ५० हजार बराबरको बिगो दाबी गरेको छ ।

त्यसैगरी, आयोगले विचौलिया विनोद अधिकारी, लेखापढी व्यवसायी आशीषराज बस्नेत र दिनेश बञ्जाराविरुद्ध  पनि मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ