arrow

उपत्यकाको सरकारी अस्पतालमा उपचार गराउन जाँदा लाईन बस्नु नपर्ने !

logo
प्रकाशित २०७३ मंसिर २ बिहिबार
bir-hospital.jpg.jpeg
काठमाडौ । वीर अस्पतालमा जचाउनको लागि आउने विरामीले अब लाइनमा बस्नु नपर्ने भएको छ । वीर अस्पतालले मंसिर १ गतेबाट लागु हुनेगरी टोकन प्रणाली लागु गरेपछि लाइन लाग्ने झन्झन्टबाट विरामीहरुले मुक्ति पाउने भएका हुन । 
 
अस्पतालका नवनियुक्त निर्देशक डा.भूपेन्द्र वस्नेतले लाइन व्यवस्थापनको लागि टोकन सिस्टम लागु गरेको बताबताएका छन् । स्वास्थ्य मन्त्री गगन कुमार थापाले सरकारी अस्पतालमा डाक्टरलाई जचाँउन घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्न सवै सरकारी अस्पताललाई निर्देशन दिएका थिए । 
 
अस्पतालका निर्देशक डा. वस्नेतका अनुसार वीर अस्पतालले टोकन प्रणालीसँगै १५ दिन भित्र डिजिटल नागरिक वडापत्र समेत राख्ने भएको छ । वीरको डिजिटल नागरिक बडापत्रमा अस्पतालबाट पाउने सेवा सुविधाहरुको जानकारी दिइने छ । अस्पतालमा आउने विरामीले कुन रोगको लागि कुन डाक्टरलाई भेट्ने, डाक्टर आउने समय, कहाँ पैसा तिर्र्ने, कहाँ भिडियो एक्सरे, एक्सर कहाँ गर्ने, रिर्पोट लिने, ओपीडीमा कहाँ गएर जचाउने लगायतको सेवालाई डिजिटल डिस्प्लेमा देखाइने भएको छ ।
 
डिस्प्लेमा अस्पतालको इतिहास देखि हालसम्म अस्पतलले गरेका काम तथा थप सेवाको बारेमा समेत देखाइ छ । अस्पतालले डाक्टरको नामवाली र उपलब्ध हुने समयका बारेमा समेत जानकारी दिने गरि डिस्प्ले बनाउने योजना पनि बनाएको छ । डिजिटल वडापत्रले अस्पतालमा उपचार गर्न आउने सेवागाह्रीलाई सजिलो हुने डा बस्नेतले विश्वास व्यक्त गरे । 
 
वीर अस्पताल बाहेक परोपकार तथा प्रसुति गृह थापाथली, कान्ति अस्पताल महाराजगञ्ज लगायतले समेत लाईन व्यवस्थापन गर्न टोकन प्रणाली लागु गरेका छन् । 
 
उपत्यकामा चार दिनमा ३० क्लिनिकमा तालाबन्दी
 
उता, स्वास्थ्य मन्त्रालयको टोलीले काठमाडौ र ललितपुरमा चार दिन गरेको अनुगमनबाट अहिले सम्म ३० ओटा क्लिनिकहरु अवैध देखिएकाले तालाबन्दी गरेको छ । 
 
अनुगमन तथा मुल्यांकन महाशाखाका उपसचिव भवनाथ कोइरालाको नेतृत्वमा ललितपुरमा खटिएको टोलीले ७ ओटामा र व्यवस्थापन महाशाखाका उपस्वास्थ्य प्रशासक डा रामराज पन्थीको नेतृत्वमा काठमाडौमा खटिएको टोलीले ३ ओटामा तालाबन्दी गरिदिएको हो । 
 
ललितपुरको मानभवनमा रहेको रोयल आयुर्वेद प्राली, बञ्जारा आयुर्वेद क्लिनिक एण्ड फर्मा, शास्वत आयुर्वेद, आयुष्या पञ्चकर्मा हेल्थ होम एण्ड रिसर्च सेण्टर, कुमारीपाटीमा रहेको स्माईल प्लस डेण्टल केयर, बेटर स्माईल द डेण्टल केयर र एलाईट डेण्टल हस्पिटल प्रा लिमा तालाबन्दी गरिएको उपसचिव कोइरालाले जानकारी दिए । 
 
ललितपुरमा बिहीबार कुल ११ ओटामा अनुगमन गरिएकोमा अरु तीन वटालाई २४ घण्टे अल्टिमेटम सहितको पुर्जी दिइएको छ । अनुगमन गरेका मध्य एउटामा मात्रै आधारभूत मापदण्डहरु पुरा भएको पाइएको कोइरालाले बताए । 
 
त्यस्तै, काठमाडौको गोंगबुमा कुल १८ ओटामा अनुगमन गरिएकोमा तीन ओटामा तालाबन्दी भएको छ । 
 
अल स्माईल डेण्टल होम, एलाईट स्वास्थ्य क्लिनीक र अकुप्रेसर हेल्थ केयरमा तालाबन्दी गरिएको अनुगमन टोलीको नेतृत्व गरेको डा पन्थीले जानकारी दिए ।
 
मन्त्रालयलाई सम्वन्धित जिल्ला जनस्वास्थ्य कार्यालयहरुबाट प्राप्त विवरणहरुका अनुसार  काठमाडौमा ४१५ ओटा, ललितपुरमा १७१ ओटा र भक्तपुरमा २१ ओटा अस्पताल, क्लिनिक र पोलिक्लिनीक दर्ता भएका छन् । बिहीबारदेखि बाँके, मोरङ्ग लगायतका जिल्लाहरुमा पनि अनुगमन सुरु भएको मन्त्रालयले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ