arrow

राष्ट्रिय सभाको अध्यक्षको चर्चा

सरकारकी प्रवक्ता भन्छिन्- राष्ट्रिय सभामा माओवादीलाई गठबन्धनले सहयोग गर्दा भइहाल्यो नि [भिडियो]

गठबन्धन तलमाथि हुँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १८ शुक्रबार
rekha-sharma-upper-house.jpg

काठमाडौँ । नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले माओवादी केन्द्रभित्र पार्टीले राष्ट्रिय सभाको अध्यक्ष पाउनुपर्ने विषय उठेको भन्दै यसमा गठबन्धनले सहयोग गर्नुपर्ने बताएकी छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री शर्माले उनले माओवादी केन्द्र राष्ट्रिय सभाको सबैभन्दा ठुलो दल बनेको भन्दै अध्यक्षमा दाबी गर्नु अन्यथा नभएको बताइन् । उनले माओवादीको राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार हुँदा गठबन्धनले सहयोग गर्दा हुने बताइन् ।

उनले भनिन् – ‘अहिले आउँदा माओवादीमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखदेखि लिएर राष्ट्रिय सभासम्म कहीँ पनि माओवादीको उपस्थिति छैन । प्रधानमन्त्री हुनुहुन्छ, आफ्नो ठाउँमा छ । अहिले जति विषयहरू उठेका छन्, त्यो विषयले माओवादीले नै राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारको दाबी गर्न पाउनुपर्छ र यसमा गठबन्धनले पनि सहयोग गर्नुपर्छ भन्ने आशयबाट स्थायी कमिटी बैठकमा कुरा उठेको हो । करिब–करिब एक खालको सर्व सहमति जस्तो बन्यो स्थायी कमिटी बैठकमा । त्यसकारणले गर्दा खेरी यसमा दाबी गर्ने, यसमा उम्मेदवार हाम्रो हुन पाउनुपर्छ भन्ने त के अन्यथाको कुरा भयो र ? गठबन्धनले सहयोग गर्दा नै भइहाल्यो नि ठुलो कुरै भएन । गठबन्धन तलमाथि हाम्रा कारणले चाहिँ हुँदैन ।’

उनले अहिलेको अवस्थामा गठबन्धनमा कुनै खटपट नआएको बताइन् ।  आफूहरूको कारणले गठबन्धन तलमाथि नहुने समेत उनले बताएकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ