arrow

अमेरिकी सेनाका कार्गो विमान गाजामा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २० आइतबार
yudh-abhyas-india-america-military-excersise.jpg

काठमाडौँ । अमेरिकी सेनाका कार्गो विमानले गाजामा उडान भर्न थालेका छन् ।

अमेरिकी सेनाका ३ वटा सैन्य कार्गो विमानहरूले शनिबार गाजा पट्टीमा खाना लगायतका अत्यावश्यक सामग्री पुर्याएका छन् । 

वरिष्ठ अमेरिकी अधिकारीले दिएको जनाकारी अनुसार तटीय क्षेत्रमा महिनौंदेखि जारी युद्धपछि बढ्दो मानवीय सङ्कटको सामना गरिरहेका बेला सो सहायता पुर्याइएको हो ।

"हामीले गाजामा संयुक्त मानवीय सहायता हवाई ड्रप सञ्चालन गरेका छौं जसमा द्वन्द्वबाट प्रभावित नागरिकहरूलाई राहत प्रदान गर्न अमेरिकी वायुसेनाको तीनवटा सी- १३० समावेश छ," अमेरिकी केन्द्रीय कमाण्डका एक जना अधिकारीले नाम नखुलाउने शर्तमा एएफपीलाई बताएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ